logo
२०८१ बैशाख ६ बिहीवार



रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने

अन्तर्राष्ट्रिय |


रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने


मस्को, फागुन २८ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ ।
रुसी राष्ट्रपति र टर्किस राष्ट्रपतिबीच यही बिहीबार मस्कोमा वार्ता हुने समाचारमा जनाइएको छ । उहाँहरुबीच सिरियाको विषयमा वार्ता हुने समाचारमा उल्लेख गरिएको छ ।

सिरियाको इद्लिव प्रान्तमा बढ्दो द्वन्द्वका विषयमा सो वार्ता हुने जनाइएको छ । उक्त प्रान्तमा जारी रहेको हिंसाका कारण त्यहाँको अवस्था प्रतिदिन नाजुक हुदै गएको बताइएको छ ।
सोही कारणले यो प्रत्यक्ष वार्ताको आवश्यकता परेको हो– रुसी राष्ट्रपति पुटिनले जानकारी दिनुभएको छ ।

सिरियामा पछिल्लो समयमा आप्रवासीहरुबीच ठूलो द्वन्द्व सिर्जना भएको र जसका कारण यहाँको अवस्था बिग्रिँदै गएपछि दुई राष्ट्रप्रमुखबीच भेटवार्ता हुन लागेको हो ।
मस्कोका लागि प्रस्थान गर्नुअघि टर्किस राष्ट्रपति एर्डोगानले सिरियाको इद्लिब र लगभग अरु क्षेत्रको पनि अवस्था बिग्रिँदै गएको र आगामी बिहीबार यसै विषयमा हामी वार्तामा बस्न लागेकोले विश्वको ध्यान नै हामीमाथि रहेको बताउनुभयो ।

उक्त वार्तामा विशेषगरी इद्लिबको युद्धविरामका विषयका साथै सिरियामा शान्ति स्थापनाका विषयमा पनि आवश्यक मात्रामा कुराकानी हुने रुसले जनाएको छ ।
गएका केही हप्तायता सिरियामा टर्कीका दर्जनौँ सेना मारिएका छन् । मारिएका ती सैनिकको विषयमा रुसी राष्ट्रपति पुटिनले टर्कीलाई समवेदना सन्देश पठाउनुभएको थियो ।

यसरी सिरियामा टर्कीका सेना मारिएपछि टर्कीले पनि पहिलो पटक सिरियाली राष्ट्रपति बसर अल असदका विरुद्धमा आक्रामक कारबाही नै अघि सारेको छ ।
यस अवधिमा सिरियाली सैनिकले पनि ठूलो मात्रामा क्षति ब्यहोर्नुपरेको टर्कीले जानकारी दिएको छ । सिरियाको इद्लिबमा समय समयमा युद्धविराम भएको भनिएको भए पनि हिंसा भने कम भएको छैन ।
लामो समयदेखि जारी रहेको सिरियाको हिंसाको अन्त्यका विभिन्न प्रयासहरु सफल हुन सकेका छैनन् । ती प्रयासहरु कहिले संयुक्त राष्ट्रसंघ त कहिले अमेरिकाले पनि अघि सारेको थियो ।
सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा अल कायदा इस्लामिक स्ट्टेस ९आइएस० जस्ता आतङ्ककारी समूह हाबी हदै गए । यस आन्दोलनमा सो समयदेखि हालसम्म ३ हजार ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन् भने लाखौै देशभित्र र बाहिर शरणार्थी जिवन यापन गर्न बाध्य भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?