logo
२०८१ बैशाख ८ शनिवार



किवानिजकाे ४५ औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न

खुला |


किवानिजकाे ४५ औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न


गाेरखापत्र अनलाइन

काठमाडौँ, फागुन २४ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन काठमाडाैंमा शनिबार सम्पन्न भएको छ ।  समापन समारोहलाई सम्बोधन गदैँ आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर चार सय जसमध्ये करिब ३ सय जना विदेशी पाहुनाको सहभागिता रहेको सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताउनुभयो ।

उहाँले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको साे संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराउनुभयो । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं’– अध्यक्ष लम्सालले भन्नुभयो ।

किवानिज एसिया प्यासिफिक (एस्प्याक)का सचिव माइकल चुले नेपालले यसपटकको सम्मेलन आयोजना गर्नु आफैँमा गर्वको कुरो रहेको बनाउदैँ एसिया प्यासिफिक जोनका नागरिक नेपाल र नेपाली प्रतिको बुझाईमा अझ सकारात्मक भएको उल्लेख गर्नुभयो । ‘नेपालमा एसिया प्यासिफिक सम्मेलन मार्फत् भिजिट नेपाल २०२० लाई सफल पार्न १५ सय बढि प्रतिनिधि र तीन हजार पर्यटक भित्र्र्याउने हाम्रो लक्ष्य रहेकोमा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सम्मेलनमा सहभागि हुने विदेशी पाहुँना घट्न पुगे’ किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले भन्नुभयो ।

उहाँले किवानिज इन्टरनेशनल नेपालमा हालसम्म देशभर एक हजार ९२ सदस्य सहित ५१ वटा किवानिज क्लव गठन भएको जानकारी दिनुभयो । किवानिज इन्टरनेशनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले १०५ बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपाल समेत हुनुु आफैमा गर्वको कुरा भएको बताउनुुभयो । उहाँले नेपालमा आयोजना भएको ४५ औँ एसिया प्यासिफिक सम्मेलनले पर्यटन गन्तव्यका लागि अझै पनि नेपाल एक उत्तम गन्तव्य हो भन्ने सन्देश दिएको दावी गर्नुभयो ।

सचिव लम्सालले किवानिज इन्टरनेशनल नेपाल र किवानिज इन्टरनेशनल अष्ट्रेलियाको समन्यवमा शारिरिक अपाङ्गता भएका १८ बर्ष भन्दा कम उमेरका नेपाली बालबालिका जसको नेपालमा उपचार सम्भव छैन त्यस्ता बालबालिकाको निःशुल्क शल्यक्रिया अष्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । यस पटक नेपालमा आयोजना भएको किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलन हेरक बर्ष आयोजना हुने गर्छ, जसमा निर्वाचन मार्फत् अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी चयन हुने गर्छन् ।

जसमध्ये यसपटक एसिया प्यासिफिकको अध्यक्षमा फिलिपिन्सका केन एलोभेरा, निर्वाचित अध्यक्षमा अष्ट्रेलियाका क्लिटन ग्रीन र उपाध्यक्षमा फिलिपिन्सका म्यारि बेल ग्रासिया चयन हुनुभएको छ । यस्तै एसिया प्यासिफिक क्षेत्रबाट ट्स्टीमा तीन बर्ष कार्यकाललाई जापानका बुहेता फुजिवारा र दुई बर्षका लागि फिलिपिन्सका विलफ्रेडो जी आगुइलार निर्वाचित हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?