logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रको दाहिने हात र दाहिने आँखा सुदूरपश्चिम हाे :राष्ट्रपति भण्डारी

फिचर |


राष्ट्रको दाहिने हात र दाहिने आँखा सुदूरपश्चिम  हाे :राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना गरेको विशेष समारोहला ई सम्बोधन गर्नुहुँदै 


भूपेन्द्रसिंह विष्ट

परशुरामधाम फागुन१६ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले आज बिहान अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गर्नुभएको हो ।

उहाँले करीब ४५ मिनेट उग्रतारा मन्दिरमा पूजापाठ गर्नुभयो । सो अवसरमा उग्रतारा वेदविद्याश्रममा अध्ययनरत वटुकले स्वस्तिवाचन गरेका थिए । मन्दिरमा राष्ट्रपति भण्डारी पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो ।    
      राष्ट्रपतिको स्वागतमा सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा तथा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारा क्षेत्र विकास समितिका पदाधिकारी, पूर्वपदाधिकारी पनि पुग्नुभएको थियो । सो अवसरमा अमरगढी नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरेको थियो । उग्रतारा क्षेत्र विकास समितिले पनि राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दनपत्र प्रदान गरेको छ ।    
    
‘सुदूरपश्चिम दाहिने आँखा’    
 राष्ट्रपति भण्डारीले नागरिक अभिनन्दनको प्र्रत्युत्तर दिँदै सुदूरपश्चिम प्रदेश साँस्कृतिक, प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण भएको बताउनुभयो । “यहाँ प्राकृतिक सम्पदा र पुण्य धामहरू रहेका छन् । यहाँका राष्ट्रको ध्यान पुगेन कि भन्ने सोचाइहरू पनि छन् । तर त्यसो होइन । राष्ट्रको दाहिने हात, दाहिने आँखा सुदूरपश्चिम हो । त्यसैले यहाँ राष्ट्रको ध्यान आकर्षित भएको छ ।”    
    
 सरकारले सबै ठाउँका जनतालाई समान ढङ्गले हेरिरहेको बताउँदै उहाँले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकासका लागि पनि लागिपरेको छ भन्नुभयो । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा पहिलो पटक उग्रताराको दर्शन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले उग्रताराको राष्ट्रियस्तरमा प्रसारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो ।    

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?