logo
२०८१ बैशाख ४ मंगलवार



भट्टामा सिधै धूलाे कार्वन प्रयोग, स्वास्थ्यमा गम्भीर असर पर्ने

पढ्नै पर्ने |


भट्टामा सिधै धूलाे कार्वन प्रयोग, स्वास्थ्यमा गम्भीर असर पर्ने


धीरेन्द्रप्रसाद साह/माला कर्ण
राजविराज, फागुन १२ गते । कोइलाको मूल्यभन्दा निक्कै सस्तोमा कार्बन पाइने भएसँगै सप्तरीका तीनवटा इट्टा उद्योगले वातावरण र मानव स्वास्थ्यको समेत ख्याल नगरL कार्बनको प्रयोग गरिरहेका छन् । सप्तरीमा उद्योगले पालना गर्नुपर्ने आवश्यक र तोकिएको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका इट्टा उद्योगले जनस्वास्थ्यमा गम्भीर असर पर्ने कार्बनको प्रयोग गरेको पाइएको छ ।

जिल्लाको पातो, पथरगाडा र बिरेन्द्र बजारमा गरी तीन स्थानमा इट्टा उद्योगहरु कार्बन धूलो प्रयोग गरेर इट्टा पोल्ने गरेको पाइएको छ । जनस्वास्थ्यमा गम्भीर असर पार्ने जिल्लाको डाक्नेश्वरी नगरपालिका पातो स्थित न्यू नेपाल इट्टा उद्योगबाट कार्बन बोकेको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीमा बुझाएपछि यस्तो रहस्य खुलेको इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहले जानकारी दिनुभयो ।

इट्टा उद्योग एक भारतीय नागरिकले ठेक्कामा सञ्चाल गर्दै आएका छन् । उनले पातोसहित पथरगाडा र बिरेन्द्र बजारमा पनि इटा उद्योग ठेक्कामा लिएर सञ्चालन गरिरहेको एक स्रोतले बताइएको छ । उनको यी तीन वटै उद्योगमा कार्बन धूलो प्रयोग भइरहेको छ । इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहररूको संयुक्त अनुगमन टोलीले गत शनिबार साँझ अनुगमन गर्दा यस्तो उद्योग भेटिएको हो । अनुगमन टोलीले न्यू नेपाल इँटा उद्योगले कोइला र दाउराको साटो अत्याधिक मात्रामा कार्बनको प्रयोग गरी इट्टा पोल्ने कार्य गरिरहेको फेला पारेपछि इट्टा उद्योग परिसरमा कार्बन बोकेको स. १ त. २२९४ र स. १ त. ३५३० नम्बरको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा बुझाएको छ ।

उद्योगले प्रयोग गरेको कार्बनको धूवाँले आजित स्थानीयले गुनासो गरेपछि सो राती १०.०० बजे राती खटिएको अनुगमन टोलीले कोइला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरी इट्टा पोल्ने गरेको अवस्थामा कार्बन बोकेको ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीमा बुझाएको संघका अध्यक्ष साहले जानकारी दिनुभयो ।
सो उद्योगले प्रयोग गरेको कार्बनले जनस्वास्थ्यमा गम्भीर असर पार्नुको साथै त्यसक्षेत्रको वातावरणमा समेत प्रतिकुल असर पर्ने गरेकोले धूलो कार्बन प्रयोगमा रोक लगाउन कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । इट्टा उद्योग दर्ताताका आइईई (वातावरणसँग सम्बन्धित) प्रतिवेदन अनिवार्य भर्ने गरिन्छ । त्यस प्रतिवेदनमा वातावरण र जनस्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गर्ने र त्यस्तो नगरेमा कानून बमोजिम दण्ड सजाय भोग्ने प्रतिबद्धता गरिन्छ । तर, दर्ता भएपछि त्यसप्रतिवेदनको वेवास्ता गरिन्छ ।

यता कोइला प्रति किलो ३०-३२ रुपियाँ पर्दछ भने कार्बन प्रति किलो छ-सात रुपियाँ पाइने गरेको छ । कोइला महँगो पर्ने भएपछि जनस्वास्थ्यलाई ख्याल नगरी इँट्टा उद्योगले कार्बनमा इँटा पोल्ने गरेको स्पष्ट भइरहेको एक व्यवसायीले बताएको छ । जिल्लामा ७२ वटा इट्टा उद्योगमध्ये कोइला अभावले ३० वटा मात्र यस वर्ष सञ्चालनमा रहेको बताइएको छ । भारतका विभिन्न नाकाबाट कोइला आयात हुने गरेकोमा यस वर्ष सुनौली नाकाबाट मात्र कोइला आयात हुँदा अभाव भएको अध्यक्ष साहले बताउनुभयो । भारतले अन्य नाकाबाट कोइला आयातमा रोक लगाएपछि अहिले अमेरिका र इन्डिोनेसियाबाट कोइला आयात भइरहेको छ ।

जिल्लामा प्रति इट्टा उद्योगलाई छ सयदेखि एक हजार टन कोइला आवश्यक पर्ने गरेको छ । जिल्लामा ७२ हजार टन कोइला आवश्यक छ । स्थायी चिम्नीमा सञ्चालनमा रहेको यहाँका इँटा उद्योगहरुलाई नयाँ मापदण्ड अनुसार आधुनिक प्रविधि जिकज्याक हुनुपर्ने व्यवस्था रहेको छ । यस जिकज्याक प्रविधि अनुसार जिल्लामा पाँच वटा इँटा उद्योग मात्र सञ्चालनमा रहेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?