logo
२०८१ बैशाख ११ मंगलवार



कालीकोटका विजयको विश्व रेकर्ड

एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिन सक्ने क्षमता

खुला |
पढ्नै पर्ने |


कालीकोटका विजयको विश्व रेकर्ड
विश्व रेकर्ड पछि टेलिभिजनकर्मी रवि लामिछानेसँग कालीकोटका विश्व कीर्तिमानी विजय शाही ।


प्रेमराज सिम्खडा
कालीकोट, माघ २४ गते । कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गर्नुभएको छ । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल हुनुभएको हो ।
यसभन्दा अगाडिका विश्व रेकर्डधारी अर्पण शर्माले एक मिनेटमा ४२ वटा शब्द बोल्न सक्नुभएको थियो भने अर्पणलाई पछि पार्ने भारतका सागर भुजीलाई कालीकोटका विजय शाहीले उछिनेर विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको छ ।
काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरेपछि अहिले सामाजिक सञ्जालमा देखिनुभएको छ । कालीकोट दुर्गम भएकाले पनि विजय शाहीलाई कसैले छिनेका छैनन् । शाहीले अर्पण शर्मा र भारतका सागर भुजीलाई धेरैपछि पारेर ५५ सेकेण्डमा ७० वटा शब्द सम्झेर विश्व रेकर्ड कायम गरेको एक अडियोमा भन्नुभएको छ । निर्णायक मण्डलले पनि शाहीलाई विश्व कीर्तिमान घोषणा गरेर प्रमाणपत्र समेत दिएको छ ।
कालीकोटका विजय शाहीले विश्व रेकर्ड कायम गरेपछि कालीकोटमा उत्साह छाएको छ । दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्यालयवाट प्रमाणपत्र तह पास गर्नुभएको थियो । उहाँले पहिलो पटक चीनमा भएको प्रतिस्पर्धामा प्वाइन्ट ५ ले पछि परेपछि भारतका सागर भुजीले विश्व रेकर्ड कायम गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?