logo
२०८१ बैशाख १३ बिहीवार



बलात्कार आरोपी त्रिभुवन विमानस्थलबाट पक्राउ

खुला |


बलात्कार आरोपी त्रिभुवन विमानस्थलबाट पक्राउ


गोरखापत्र अनलाइन
काठमाण्डौं, माघ २० गते । जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपी कतार भाग्न खोजेको समयमा प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–८ बस्ने हरिकृष्ण भन्ने हेमन सिंह बस्नेतलाई १६ बर्षकी किशोरी बलात्कारको गरेर भागेको अवस्थामा केन्द्रीय अनूशन्धान व्यूरो सिआइबीले त्रिभुवन विमानस्थलवाट पक्राउ गरेको हो ।

२०७६ जेठ १४ गते धादिङको गजुरी–८ हलेदेखोलामा १६ बर्षिया किशोरीलाई रातको तीन बजेको समयमा ढोका फोडेर जबरजस्ती बलात्कार पछि भारतमा लुकेर बस्दै आएका थिए ।
भारतबाट फर्किएर माघ २० गते वैदेशिक रोजगारीको लागि कतार जान लागेको समयमा त्रिभुवन विमानस्थलबाट सिआइबीको टोलीले पक्राउ गरेको हो । सिआइबीले पक्राउ परेका बस्नेतलाई धादिङ प्रहरीलाई बुझाइको सिआइबीका प्रवक्ता बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?