logo
२०८१ बैशाख १३ बिहीवार



घुससहित यातायात कार्यालय स्वयम्भुका अधिकृत र सेवाग्राही पक्राउ

खुला |


घुससहित यातायात कार्यालय स्वयम्भुका अधिकृत र सेवाग्राही पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत घुस रुपियाँसहित पक्राउ परेको दाबी गरिएको छ । सेवाग्राहीबाट घुस लिएको आरोपमा यातायात सेवा कार्यालयका अधिकृत शिवलाल पौडेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले घुस दिने दिपक खतिवडालाई समेत नियन्त्रणमा लिएको जनाउनुभएको छ । सेवाग्राही खतिवडाले अधिकृत शिवलाल पौडेललाई सवारी कर र प्रदूषणवापत्को रुपियाँ तिर्नका लागि १३ हजार रुपियाँ घुस दिएको आयोगले दाबी गरेको छ । दुबैजनालाई घुस रुपियाँसहित परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?