logo
२०८० चैत्र १६ शुक्रवार



शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रिय समितिको सदस्यमा मनोनित

पढ्नै पर्ने |


शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रिय समितिको सदस्यमा मनोनित


गोरखापत्र अनलाइन

काठमाडौं, माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शिवमाया तुम्बाहङ्फेलाई केन्द्रिय समिति सदस्यमा मनोनित गरेको छ ।

नेकपाको मंगबार बसेको सचिवालय बैठकले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

मंगलबार बसेको नेकपाको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थापाले स्पष्ट पार्नुभयो । तुम्बाहाङ्फले विशेष कारणले उपसभामुखको पदबाट राजिनामा दिनु परेकाले विशेष परिस्थितीमा पाटीको जिम्मेवारी दिने उदेश्य अनुरुप उहाँलाई केन्द्रीय मनोनित गरेको थापाले बताउनुभयो ।

गोरखापत्र अनलाइनसँग कुरा गर्दै तुम्बाहङफेले आफूलाई सचिवालय बैठकले केन्द्रिय सदस्यमा मनोनित गरेको बताउनुभयो ।
नेकपाको केन्द्रिय समितिको बैठक बुधबार केही बेरमा बस्दै छ । उहाँले यस अघि उपसभामुख पदबाट राजिनामा दिनुभएको थियो । सभामुख चयनका लागि मार्ग प्रसस्त गर्न उहाँले उपसभामुख पदबाट राजिनामा दिनु परेका कारण त्यसको क्षतिपूर्ति स्वरुप उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?