logo
२०८१ बैशाख ६ बिहीवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ?
 विक्रम संवत् २०७६ मङ्सिर २१ ।
– सरकारले मुलुकमा अझै सडक सञ्जाल नपुगेका दुई सय ६८ स्थानीय तहका केन्द्रलाई चार वर्षभित्र राष्ट्रिय राजमार्गमा जोड्ने योजना बनाएको ।
– राष्ट्रिय तथा प्रदेशस्तरीय सडक सञ्जालमा नजोडिएका स्थानीय तह (नगरपालिका र गाउँपालिका) लाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले आवेदन माग्न सुरु गरेको । यसका लागि विसं २०७६ पुस २१ देखि माघ २० सम्मको अवधि तोकिएको । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राप्त भएका आवेदनलाई १५ दिनभित्र सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभागको कार्यक्रम समन्वय इकाइमा पठाउनुपर्ने व्यवस्था गरिएको ।
२. नेपालको पहिलो कलेज ‘त्रि–चन्द्र कलेज’ को स्थापना कहिले भएको हो ?
 विसं १९७५ ।
– विसं १९७६ मा त्रि–चन्द्रमा आईए तथा आईएस्सी, विसं १९८१ मा बीए तथा विसं २००४ मा बीएस्सीको पठनपाठन सुरु भएको ।
– विसं २०३० मा नयाँ शिक्षा लागू गरिएपश्चात् यसलाई त्रि–चन्द्र कलेजबाट त्रि–चन्द्र क्याम्पस नामकरण गरिएको ।
३. विसं २०७६ माघ ९ मा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कति स्थानमा जित हासिल गरेको छ ?
 १६ ।
– कुल १८ पदका लागि भएको निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई पदमा विजय प्राप्त गरेको ।
– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका अन्य दलले कुनै प्रदेशमा विजय प्राप्त गर्न नसकेका ।
– एक पदमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था भएकाले माघ ९ मा १८ पदका लागि मतदान भएको ।
– निर्वाचित १८ र मनोनीत हुने एक गरी १९ सांसदको कार्यकाल २०७६ फागुन २१ बाट सुरु हुने ।
– अब हरेक दुई÷दुई वर्षमा राष्ट्रियसभामा निर्वाचित र मनोनीत सबै सदस्यको पदावधि ६ वर्षको हुनेछ । एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्का एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षको हुनेगरी पदावधि कायम गरिएको थियो ।
४. नेपालमा पहिलोपल्ट कोरोना भाइरस फेलापरेको पुष्टि कहिले भएको हो ?
 विसं २०७६ माघ १० ।
(चीनको युहान प्रान्तबाट आएका नेपाली विद्यार्थी सो भाइरसबाट सङ्क्रमित भएका ।)
५. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्रअनुसार पाँच वर्षमा कणालीका नागरिकको प्रतिव्यक्ति आय कति पु¥याउने लक्ष्य
रहेको छ ?
 एक हजार १४७ अमेरिकी डलर ।
– विसं २०७६ माघ १० मा बसेको कर्णाली प्रदेश विकास परिषद्को बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीद्वारा पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरिएको ।
– आधारपत्रअनुसार गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई २५ प्रतिशत (हाल ः ५१.२ प्रतिशत) मा झार्ने लक्ष्य लिइएको ।
– हाल ५.७ प्रतिशतको आर्थिक वृद्धिदरलाई पाँच वर्षमा १५ प्रतिशत पु¥याइने ।
– मावन विकास सूचकाङ्कलाई ०.४२७ बाट ०.५०७ पु¥याउने ।
– ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पु¥याउने ।
– सडक पूर्वाधार तयार गरेर प्रदेशका सबै पालिका सडक सञ्जालमा जोड्ने ।
– ८० प्रतिशत वडा केन्द्रमा यातायातको पहुँच पु¥याउने,
– नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीसँगै २५ हजार हेक्टरमा सिञ्चाइ सेवा उपलब्ध गराइ सिँचाइको पहुँच ४० प्रतिशत पु¥याउने ।
– ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा उपलब्ध गराउने ।
– कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रूपमा विकास गर्ने ।
– प्रदेशको युवा साक्षरता ९९ प्रतिशत, आधारभूत तहको भर्नादर ९९.५ प्रतिशत, हरेक जिल्लामा प्राविधिक शिक्षालय स्थापना गरिने ।
– पाँच वर्षको यो कार्यक्रमका लागि झन्डै ५९३ अर्ब ७२ करोड रुपियाँ लगानी लाग्ने अनुमान गरिएको ।
६. तेक्वान्दोका तीनै विधा (गेरोगी, पुम्से र पारा) मा अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल नेपाली को हुनुहुन्छ ?
 अशोक खड्का ।
७. कुसुन्डा भाषाकी वक्ता ज्ञानीमैयाँ कुसुन्डाको ८५ वर्षको उमेरमा कहिले निधन भयो ?
 विसं २०७६ माघ ११ ।
(बाल्यकाल जङ्गलमा बिताउनुभएकी ज्ञानीमैयाँले आमाबुवाबाट सिकेको कुसुन्डा भाषालाई अहिलेसम्म बँचाएर राख्नुभयो । अब कुसुन्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुन्डामात्रै जीवित हुनुहुन्छ । नेपालको जनगणना २०६८ अनुसार नेपालभर २७३ जना कुसुन्डा रहेको उल्लेख छ ।)
८. लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षी दल (सुडान पिपल्स लिबरेसन मुभमेन्ट (एसपीएलएम) बीच शान्ति सम्झौताको खाकामा कहिले हस्ताक्षर भएको हो ?
 सन् २०२० जनवरी २४ ।
– सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषय समावेश गरिएको ।
– विपक्षी दल एसपीएलएम दक्षिणी क्षेत्रले ब्लु नाइल क्षेत्रमा सशस्त्र विद्रोहको नेतृत्व गरेको । सो समूह दक्षिण सुडानको सीमाक्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको ।
९. सशस्त्र प्रहरी बलको स्थापना कहिले भएको हो ?
 विसं २०५७ माघ ९ ।
– राज्यका चारवटा सुरक्षा निकायमध्ये एक अर्धसैनिक सुरक्षा सङ्गठन सशस्त्र प्रहरी बल देशमा आएको परिवर्तनसँगै गतिशील र बहुआयामिक सुरक्षा सङ्गठनका रूपमा क्रियाशील रहेको ।
– स्थापनाकालमा १५ हजार जनशक्तिबाट सुरु भएको सशस्त्र प्रहरी बलमा हाल करिब ३७ हजार जनशक्ति रहेको । मुलुकभरका ७७ वटै जिल्लामा रहेको सशस्त्र प्रहरी बलका सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठवटा बाहिनी रहेका ।
१०. एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
 फुङलिङ नगरपालिका, ताप्लेजुङ ।
(ताप्लेजुङ जिल्लाको एकमात्र नगरपालिका फुङलिङले आगामी आर्थिक वर्ष (२०७७÷०७८) देखि कार्यान्वयनमा ल्याउनेगरी उक्त योजनाको तयारी थालेको ।)
११. नेपालले इन्टरपोलको सदस्यता कहिले प्राप्त गरेको हो ?
 सन् १९६७ सेप्टेम्बर २७ ।
– सन् १९२३ सेप्टेम्बरमा स्थापित यो संस्थाको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको ।
– यसको आधिकारिक भाषा चारवटा– अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस र अरेबिक रहेका ।
– इन्टरपोलले आठप्रकारका ‘नोटिस’ जारी गर्छ ।
– यसको सदस्य सङ्ख्या १९४ रहेको ।
– हाल यसको अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ रहेका ।
१२. एसियाको नोबल पुरस्कार भनी चिनिने रेमन म्यागासेसे पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
 सन् १९५८ ।
१३. एसडीजी गोल इन्डेक्स–२०१९ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 १०३औँ ।
– एसडीजीमा निर्धारण गरिएका लक्ष्यहरूको प्रगतिका आधारमा तयार गरिने यसमा नेपाल ६३.९ अङ्कका साथ सो स्थानमा रहेको ।
– सो सूचीको पहिलो पाँच स्थानमा क्रमशः डेनमार्क, स्वीडेन, फिनल्यान्ड, फ्रान्स र अस्ट्रिया रहेका ।
– त्यस्तै, सूचीको अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, डोमिनिकन रिपब्लिक, कङ्गो र नाइजेरिया रहेका ।
– अध्ययनमा १२६ देश समेटिएको ।
१४. विश्व बैङ्कद्वारा सन् २०१९ अगस्टमा सार्वजनिक प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा रेमिटेन्स भिœयाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 चौथो ।
– नेपालमा सन् २०१८ मा जीडीपीको अनुपातमा ३०.१ प्रतिशत रेमिटेन्स भित्रिएको ।
– यस सूचीमा पहिलो स्थानमा टोंगो रहेको ।
– रकमका आधारमा सबैभन्दा धेरै रेमिटेन्स भिœयाउने शीर्ष तीन राष्ट्रमा भारत, चीन र फिलिपिन्स रहेका ।
१५. बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
 जापान ।
– बनेपा–बर्दिवाससम्मको यो सडक १६० किलोमटर लामो रहेको ।
– विसं २०५२÷५३ देखि निर्माण सुरु भई २०७१ मा सम्पन्न भएको यो सडक २०७२ असार १८ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको ।
१६. ‘प्रहरी मेरो साथी’ नामक अभियान कहिले सुरु भएको हो ?
 विसं २०७३ असार २७ ।
१७. नेपाल प्रहरीद्वारा मुस्कानसहितको सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०७१ जेठ ८ ।
१८. नेपाल सरकारद्वारा कूटनीतिक आचारसंहिता कहिले जारी गरिएको हो ?
 विसं २०६८ भदौ १ ।
१९. सरकारी कामकाजमा डिजिटल हस्ताक्षरको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०७२ मङ्सिर १६ ।
२०. विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ नेपाल सरकारद्वारा ‘अतिथि देवो भव’ अभियानको घोषणा कहिले गरिएको हो ?
 विसं २०७३ जेठ ४ ।
२१. भैरहवामा निर्मित मुलुककै पहिलो विशेष आर्थिक क्षेत्रको उद्घाटन कहिले भएको हो ?
 विसं २०७१ मङ्सिर २ ।
– यो विशेष आर्थिक क्षेत्रमा शक्ति मिनरलले विसं २०७६ वैशाख ३१ मा उत्पादन सुरुवात गरेको ।
– यो उत्पादन थालनीसँगै सेज सञ्चालनमा आएको ।
२२. जिल्ला समन्वय समिति बढीमा कति सदस्यीय हुने व्यवस्था छ ?
 नौ ।
२३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
 नेपालगन्ज, बाँके ।
– जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका ः जनकपुर ।
– सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका ः कलैया (बारा, २७ वडा) ।
२४. राष्ट्रिय सुरक्षा परिषद््को अध्यक्ष को हुने व्यवस्था छ ?
 प्रधानमन्त्री ।
२५. “कुराकानी प्रिय होस्, बनावटी नहोस्, स्वच्छन्द होस् तर अश्लील नहोस्, विद्वतापूर्ण होस् तर दम्भयुक्त नहोस्, अनौठो होस् तर असत्य नहोस्” भन्ने विद्वान् को हुनुहुन्छ ?
 विलियम सेक्सपियर
२६. लामो बहसपश्चात् बेलायतको संसद्ले युरोपेली सङ्घबाट अलग हुन ल्याइएको ब्रेक्जिट विधेयक कहिले पारित गरेको हो ?
 सन् २०२० जनवरी २३ ।
– सन् १९७३ मा युरोपेली सङ्घमा समावेश भएको बेलायत सो सङ्घबाट बाहिरिने (सन् २०२० जनवरी ३१)
– पहिलो मुलुक बन्ने भएको ।
– सन् २०१६ जुन २३ को जनमतसङ्ग्रहमा ५२ प्रतिशतले युरोपेली सङ्घबाट बेलायत बाहिरिनुपर्ने पक्षमा निर्णायक मतदान गरेका ।
२७. अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले प्लुटो ग्रहको एउटा पर्वतको नाम कुन नेपाली आरोहीको नामबाट राखेको छ ?
 तेन्जिङ नोर्गे ।
(नासाले प्लुटो ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नामबाट ‘नोर्गे मोन्टेस’ राखेको ।)
२८. नेपालसँग द्विपक्षीय हवाईसेवा सम्झौता भएका राष्ट्रको सङ्ख्या कति पुगेको छ ?
 ४० ।
– ४०औँ राष्ट्र अस्ट्रेलिया (सन् २०१९ सेप्टेम्बर ३०) रहेको ।
– नेपालसँग पहिलो हवाई सम्झौता भारतसँग भएको ।
२९. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
 डग स्टार ।
३०. नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०१८ (हरेक १०÷१० वर्षमा हुने)

प्रस्तुतकर्ता : टङ्क केसी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?