logo
२०८१ बैशाख १३ बिहीवार



घुस लिएको आरोपमा चितवन राजश्वका अधिकृत पक्राउ

खुला |


घुस लिएको आरोपमा चितवन राजश्वका अधिकृत पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । घुस लिएको आरोपमा आन्तरिक राजश्व कार्यालय, चितवनका कम्प्युटर अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत रामकुमार अधिकारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विद्युतीय बिजक जारी गर्ने अनुमति पत्र बनाउन अधिकृत अधिकारीले दश हजार घुस लिएको दाबी गर्नुभयो । आयोगले अधिकारीलाई उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरेको जनाएको छ । सेवाग्राहीले अधिकृतले घुस मागेको उजुरी गरेपछि आयोगको टोलीले कम्प्युटर अधिकृत रामुकमार अधिकारीमाथि निगरानी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?