logo
२०८० चैत्र १५ बिहीवार



हरिणको बच्चाको उद्धार

समाज |


हरिणको बच्चाको उद्धार


तनहुँ, माघ १४ गते । तनहुँको भिमाद नगरपालिकामा फेला पारिएको हरिणको बच्चाको उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय भिमादले फेला पारेको हरिणको बच्चा डिभिजन वन कार्यालयलाई बुझाईएको हो ।

करिब ५/६ महिनाको जस्तो देखिने सो हरिणको बच्चा ६/७ किलोको रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
जङ्गलमा माउसँग छुट्टिएर एक्लै छटपटाइरहेको अवस्थामा हरिणको बच्चा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

सोमबार फेला परेको रतुवा हरिण पोखराको पचभैया प्राणी उद्यानमा छोडिएको डिभिजन वन कार्यालयका प्रमुख बरालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?