logo
२०८० चैत्र १६ शुक्रवार



चन्द समूहका रौतहट जिल्ला सेक्रेटरी सहित दुई जना पक्राउ

खुला |


चन्द समूहका रौतहट जिल्ला सेक्रेटरी सहित दुई जना पक्राउ


यादवराज पुरी

रौतहट, माघ १४ गते । रौतहट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको समूहका जिल्ला सेक्रेटरी सहित दुई जनालाई मङ्गलबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला खैरेनी नगरपालिका–१ घर भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी ३४ वर्षिय सिर्जना शाही भन्ने दिशर्नाकुमारी शाही र चन्द्रपुर नपा–३ निवासी जिल्ला समिति सदस्य दुर्गा बल रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले चन्द्रपुर नपा–३ ईपिलघारी स्थित अलग अलग घर बाट पक्राउ गरेको हो । चन्द्रपुर–३ स्थित ईन्द्र थिङको घरबाट सेक्रेटरी शाही पक्राउ परेका हुन् । जिल्ला समिति सदस्य बल भने आफ्नै घरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।


उहाँका अनुसार पक्राउ परेका दुबैले जनप्रतिनिधि, उधोगी, व्यवसायी एवं कर्मचारीलाई डरत्रास देखाई चन्दा असुल्ने गरेका थिए । उनीहरु माथि गत पुस १५ गते गुजरा नगरपालिका–८ जुगौलिया टोलमा रहेको एनसेलको टावर र माघ १३ गते चन्द्रपुर–२ कलटोलमा रहेको एनसेल टावरमा आगजनी गरी क्षति पु¥याएको भन्दै अपराधिक क्रियाकलाप र गतिविधिको आरोप समेत लगाइएको छ ।
नायव उपरीक्षक शाहीले पक्राउ परेका दुबैमाथि मुलुकी अपराध सहिता ०७४ को परिच्छेद २६ मा अपराधिक प्रवेश तथा अपराधिक उपद्रो कसुरको दफा २८५ को उपदफा ३ अनुसारको मुद्दा आकर्षित हुने बताउनु भयो । सो उपदफामा २ वर्षदेखि ५ वर्षसम्म कैद, २० हजार देखि ५० हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?