logo
२०८० चैत्र १६ शुक्रवार



सरस्वतीको मूर्तिमा लुकेको मूर्तिकारको आम्दानी

फिचर |
खुला |


सरस्वतीको मूर्तिमा लुकेको मूर्तिकारको आम्दानी


धीरेन्द्रप्रसाद साह

राजविराज, माघ १४ गते । ज्ञान, बुद्धि र विवेक हासिल गर्ने उद्देश्यले विद्याकी देवी सरस्वती पूजा गरी मनाइने गरिन्छ । तर, मूर्तिकारले धन आर्जन अर्थात् आम्दानीको लागि सरस्वतीको माटोको कलात्मक मूर्ति बनाएर बेच्ने गरेको पाइन्छ ।

यहि १६ गते बिहिबार मनाइने सरस्वती पूजाका लागि मूर्तिकार माटोका मूर्ती बनाउन दिनरात खटिरहेका छन् । उनीहरुको आम्दानीको मुख्य स्रोत नै माटोको मूर्तिमा रहेको छ । वर्षभरी माटोको बिभिन्न देवी देवताको मूर्ति बनाइ बेचेर जिविकोपार्जन गर्दै आएको बताउँछन् । घरको गर्जो, छोराछोरीको शिक्षा र अन्य खर्च पनि मूर्तिकै कमाइबाट गरिरहेको बताउँछन् ।

दशैं, दिपावली र सरस्वती पूजामा सबभन्दा बढी मूर्तिको बिक्री हुने गरेको बताउँदै मूर्तिकार बलराम खंगले अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ । सरस्वतीको मूर्ति बेचेर कम्तिमा एक लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले भन्नुभयो, एउटा मूर्तिको दुई हजारदेखि पन्ध्र हजारबढी सम्ममा बेच्ने गर्छु । मूर्ति हेरी हेरी दाम हुन्छ । मूर्ती बनाउन प्रयोग गर्ने काँचो मलिलो माटो, रंगरोगन, साजसज्जा गर्ने समाग्री लगायतमा मूल्य बढेका कारण मूर्तिहरुको मूल्य समेत बढाइएको बताउँछन् ।

सरस्वती पूजालाई बसन्त पञ्चमी, श्रीपञ्चमी समेत भन्ने गरिन्छ । विद्यालय, शिक्षालय, नीजि, सामूहिक रुपमा मनाइने सरस्वती पूजामा माटोको मूर्तिको अध्यधिक माग हुने गरेको बताउँदै अर्का मूर्तिकार रमानन्द रामले मूर्ति बेचेर आउने आम्दानीबाट नै जीविन धाइरहेको बताउनुभयो । कतिपयले मूर्तिको पहिले नै अर्डर गरिएको हुन्छ भने कतिपयले पूजाकै दिन मूर्ति खरिद गरेर लाने गरेको बताइएको छ ।

सप्तरीको राजविराज नगरमा मात्रै एक दर्जन बढी स्थानमा मूर्तिकारहरु मूर्ति बनाउन व्यस्त छन । नगर बाहिर जिल्लाको अन्य सहर बजारमा पनि दर्जनौ मूर्तिकार मूर्ति बनाइरहेको भेटिन्छ । उनीहरुको मुख्य उद्देश्य भनेको मूर्ति बेचेर आम्दानी गर्नु हो ।

सरस्वती पूजा जति नजिकदै गएको छ उनीहरुको व्यस्तता त्यति नै बढेको छ । बिहीबार मात्र एक दिन सरस्वतीका मूर्तिहरु बिक्री हुने हुँदा मूर्तिकारहरु सरस्वतीको मूर्तीलाई रंगरोगन र साँजसज्जा गर्दै अन्तिम रुप दिन थालेका छन । गत विगतको भन्दा यस वर्ष प्रति मूर्तिमा पाँच सयदेखि एक हजार रुपियाँ महँगोमा अर्डर गरेको स्थानीय हेमनारायण चौधरीले जानकारी दिनुभयो । गत वर्ष तीन हजारमा पाइएको मूर्ति जस्तै यसपाली चार हजारमा अर्डर गरेको उहाँले बताउनुभयो ।

राजविराज नगरको सिरहा रोड, अदालत रोड, रुपनी रोड, कुनौली रोड, राजदेवी रोह लगायत एका दर्जन स्थानमा मूर्तिकारहरु सरस्वती मूर्तिलाई अन्तिम रुप दिइरहेका छन । सामुदायिक र संस्थागत विद्यालयहरुमा उत्साहपूर्वक मनाइने सरस्वती पूजाका लागि माध्यमिक तहका अधिकाँश सामुदायिक विद्यालयमा स्थायी कंक्रिट र सगमरमरका मूर्तिहरु रहेकोले मूर्तिकारको मूर्ति कम बिक्री हुने मूर्तिकारहरुको चिन्ता पनि छ । मूर्तीकारको यस पेशालाई संरक्षण र सम्बद्र्धन गर्न राज्य पक्षबाट आवश्यक पहल हुन जरुरी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?