logo
२०८० चैत्र १५ बिहीवार



अग्नि सापकोटा प्रतिनिधि सभाको समाभुखमा निर्विरोध निर्वाचित

पढ्नै पर्ने |


अग्नि सापकोटा प्रतिनिधि सभाको समाभुखमा निर्विरोध निर्वाचित
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं, माघ १२ गते । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ सभामुख निर्वाचित गर्न आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ (३) बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गर्नुभयो ।

बैठकको शुरूमा सभामुखका रुपमा अग्नी सापकोटाको प्रस्तावक सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको थियो । त्यसपछि अग्नी सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभएको थियो ।

सभामुख पद रिक्त रहेको बेला ज्येष्ठताका आधारमा प्रतिनिधि सभाको अध्यक्षताको जिम्मेवारी निर्वाह गर्न पाएकोमा ठाकुरले धन्यवाद व्यक्त गर्नुभयो ।  बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार दिनको १ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?