logo
२०८० चैत्र १६ शुक्रवार



२४ दिनदेखि काठमाडौं विश्वविद्यालयको पठनपाठन ठप्प

शिक्षा |


२४ दिनदेखि काठमाडौं विश्वविद्यालयको पठनपाठन ठप्प


मधुसुधन तिमल्सिना

काभ्रे, माघ १० गते । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) मा तालाबन्दी भएको २४ दिन भइसक्दा पनि अझै खुलेको छैनन । केयूले पटक पटक गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारी र प्राध्यापकले तालाबन्दी गर्दै आएका छन । गत साउन २३ गतेबाट सुरु भएको प्राध्यापकको आन्दोलन ४२ दिनपछि सहमतिमा टुंगिएको थियो । आन्दोलनरत पक्ष र केयू प्रशासन बीच भदौ ३० सहमति पछि विश्वविद्यालय खुलेको थियो ।

आन्दोलनरत प्राध्यापक संघका अध्यक्ष बेदमणि दाहालले त्यस समयका भएका सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । उहाँका अनुसार त्यस समयमा प्राध्यापक संघ र कर्मचरी संघसँग लाई विश्वविद्यालयले पारित गर्ने, विश्वविद्यालय सभामा प्रतिनिधित्व गराउने, आर्थिक तथा नीतिगत भ्रष्टाचार छानबिन गर्ने र वृत्ति विकासलगायतका विषयमा सहमति भएको थियो  । पुस १६ गतेबाट शैक्षिक र प्रशासनिक कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

यसअघिका आन्दोलनमा प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका उनीहरूले डीन कार्यालय, अन्य स्कुल, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा समेत तालाबन्दी गरी विज्ञप्ति टाँसेका छन । केयूका रजिस्ट्रार सुबोध शर्माले केही दिन मै सहमति हुने बताउनुभयो । उहाँले माघ १३ गते बस्ने विशेष सभाले यसबारे निर्णय लिने जानकारी दिनुभयो । माघ ५ मा भएको कार्यकारी परिषद्को बैठकले माघ १३ गते बस्ने विशेष सभामा सहमति कार्यान्वयन गर्ने आशयको प्रस्ताव तयार गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?