logo
२०८० चैत्र १६ शुक्रवार



जेष्ठ चालकलाई सम्मान जसले ३५ बर्ष गाडी चलाए, तर एउटै दुर्घटना गराएनन्

प्रदेश |


जेष्ठ चालकलाई सम्मान जसले ३५ बर्ष गाडी चलाए, तर एउटै दुर्घटना  गराएनन्


टीकाराम उप्रेती

झापा माघ ९ गते ।  झापा कमलका पुण्यप्रसाद नेपालले ३५ बर्षसम्म चालकको काम गर्नुभयो । यो अवधिमा उहाँले एउटा पनि दुर्घटना गराउनुभएन । यतिका बर्ष काम गर्दा उहाँलाइ न त आफ्नो कम्पनीले सम्मान ग-यो न त कुनै संघ सस्थाले नै । बुधबार उहाँलाई नगद सहित सम्मान गर्दा उहाँका आँखाबाट हर्षका आँसु झरेका थिए । जीवन भरी चालक भएका सबैले हेपेर गालीमात्र खाएका नेपालले सम्मान पाउदा उहाँको खुशीको सीमा थिएन । राम्रो काम गर्दा चालकलाई पनि सम्मान हुदो रहेछ आज मेरो सबैभन्दा ठुलो सफलता हात परेको महशुस भएको उहाँको भनाइछ ।

नेपाललाई नगद १ हजार १ सय ११ रुपैँया सहित सम्मान पत्र सहित सम्मान गरेको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीले दुर्घटना नगराई चालक पेशालाई सफलता पूर्वक पुरा गरेको भन्दै सम्मान गरेको हो । संघका केन्द्रीय सचिव देवि भट्टराईले दुर्घटना नगर्ने सवारी सञ्चालन गर्ने चालकलाई सम्मान गर्दा सुरक्षित सवारी चलाउने आत्मबल बढ्ने र जिम्मेवारीको बोध हुने विश्वासले चालकलाई सम्मान गर्ने अभियान चलाइएको संघका नगर अध्यक्ष मदन बहादुर खड्काले बताउनुभयो । जीवनको सबैभन्दा ठुलो सफलता हात परेको उहाँ बताउनुहुन्छ । चालक भएका कारण उहाँले घर चलाउनु भयो धेरै थोरै पैसा कमाउनुभयो ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार सबै भन्दा दुर्घटना सवारी चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेको छ । ट्राफिकले भने जस्तो अवस्था र कारकमा चालक नै पहिलो दोशी हो भन्ने कुरा चालकहरु मान्न तयार छैनन् । यद्यपी प्रहरी आम नागरिकले समेत यहि कुरा बुझेपछि चालकहरु यतिसम्म संवेदनशिल बन्न थालेका छन् ठाउँ ठाउँमा विभिन्न कार्यक्रम गरेर चालकहरुलाई प्रशिक्षण र सुरक्षित सवारी चलाउन प्रोत्साहन गर्न विभिन्न उपायहरु पनि अपनाईरहेका छन् ।

दमकमा एक जना सवारी चालकलाई सम्मान गरिएको छ । सवारी चालाएको अवधिमा एक पटक पनि सवारी दुर्घटना नगराएकोले उहाँलाई सम्मान गरिएको हो । चालक सम्मानका साथै सवारी मजदुरहरुलाई दुर्घटना न्यूनिकरणका उपाय र आफ्ना जिम्मेवारीका बारेमा प्रशिक्षण समेत गराइएको छ ।

एक वर्षमा ४८ हजार मजदुरलाई प्रशिक्षण गराउने अभियान अन्तर्गत दमकमा दोस्रो पटक प्रशिक्षण गरिएको नगर अध्यक्ष खड्काले बताउनुभयो । अभियान देशैभरी नै २८ हजार मजदुरलाई प्रशिक्षण गराईसकिएको छ । चालु आर्थिक वर्ष भित्रमा अन्य १० हजार लाई प्रशिक्षण गराई अभियान एक वर्षको अभियान सम्पन्न गरिने जनाइएको छ । नेपाल सरकारले सार्वजनिक यातायातका सम्बन्धमा जारी गरेको नयाँ नियमका बारेमा अवगत गराउँदै ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्माले नियमको पालना गर्दा मात्र पनि सवारी दुर्घटना कम हुने बताउनु भयो । पछिल्लो सयम दुर्घटना न्युनिकरण गर्न चालकहरुलाई सवारी चालकको सस्थाले अभियान नै अघि बढाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?