logo
२०८१ बैशाख १२ बुधवार



प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु ३० घाइते

खुला |


प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु ३० घाइते


प्रकाशचन्द्र भट्टराई
दमौली, माघ १ गते । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा लागेको मकर सक्रान्ती मेलाको सुरक्षाकोलागि आएको प्रहरीको गाडी बुधबार साँझ तनहँुको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिमाटीमा दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सन्दिप केसी रहनु भएका छन् ।
मेलाको सुरक्षाकोलागि पोखरा स्थित प्रहरी गणबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा–देवघाट सडक खण्डको दासढुङ्गा पुल नजिकैको घुम्तीमा दुर्घटना जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयो ।
सो गाडीमा ३४ प्रहरी सवार थिए । दुर्घटनामा ३० जना प्रहरी घाइते भएका छन् । घाईतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको डिएसपी लामिछानेले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?