logo
२०८० चैत्र १६ शुक्रवार



कागजात लिएर ‘घुस माग्ने’ प्रहरी अख्तियारको नियन्त्रणमा

खुला |


कागजात लिएर ‘घुस माग्ने’ प्रहरी अख्तियारको नियन्त्रणमा


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरसाइकलको कागजात लिएर घुस मागेको आरोपमा एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्काले दुई हजार रुपियाँ घुस लिएको आयोगले दाबी गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइारालाले सेवाग्राहीसँग मोटरसाइकलको कागजात लिएर खड्काले चिट नदिई मिलाउनुस् भन्दै दुई हजार रुपियाँ मागेको बताउनुभयो । प्रहरी जवान खड्कालाई घुस रुपियाँसहित प्रहरी प्रभाग कोटेश्वरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?