logo
२०८१ बैशाख ८ शनिवार



घुस लिएको आरोपमा पूर्वाधार कार्यालयका लेखा अधिकृत पक्राउ

खुला |


घुस लिएको आरोपमा पूर्वाधार कार्यालयका लेखा अधिकृत पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, ललितपुरका लेखा अधिकृतलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । लेखा अधिकृत विष्णुहरी पुडासैनीले सेवाग्राहीबाट २२ हजार रुपियाँ घुस लिएको आयोगले दाबी गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइारालाले पेश्की लिन आएका सेवाग्राहीसँग पुडासैनीले घुस लिनुभएको जानकारी दिनुभयो । सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम भइरहँदा मोबिलाइजेसन पेश्की लिन आएका सेवाग्राहीले ऊजुरी गरेपछि आयोगले पुडासैनीलाई पछ्याएको कोइरालाले बताउनुभयो ।

उहाँलाई ललितपुर महानगरपालिका वडा नं १३, एकान्तकुनाबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?