logo
२०८१ बैशाख ८ शनिवार



जलविद्युत आयोजन स्थल नजिक बिष्फोट

खुला |


जलविद्युत आयोजन स्थल नजिक बिष्फोट


दैलेख समाचारदाता
दैलेख,पुस २६ गते । माथिल्लो कर्णाली जलविद्युत आयोजनको प्रभाबित क्षेत्रमा बम बिष्फोट भएको छ । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका ३ खेरीटाकुरामा शुक्रवार राती १० बजे तिर बम बिष्फोट भएको स्थानीयले बताएका छन । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन् । बिष्फोट लगत्तै घटनास्थल नजिक नाराबाजी गरिएकोले स्थानीयले विष्फोटमा बिप्लव नेतृत्वको नेकपा माओबादीको संलग्नताको आशंका गरेका छन् ।
माथिल्लो कर्णाली जलबिद्युत आयोजनमा खटिएको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बाट बम बिष्फोट भएलगत्तै सुरक्षा टोली बमबिष्फोट भएको क्षेत्रमा परिचालन भएको छ । बिष्फोटको सुचना पाए लगत्तै दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रहरी प्रमुख हरि बहादुर वली माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको निर्माण स्थल दैलेखको आठबिस नगरपालिका ३ मा रहेको डावमा पुग्नुभएको छ । प्रहरी प्रमुख वलीका अनुसार आफुहरु त्यस क्षेत्रमा गएको र कसले बम बिष्फोट गरेको भन्ने अहिले सम्म आधिकारीक सुचना प्राप्त नभएको बताउनुभयो ।
माथिल्लो कर्णाली जलबिद्युत आयोजनाबाट उत्पादित विद्युत खरीद गर्ने सम्झौता बङलादेशसँग भएको छ । सम्झौतापछि आयोजना निर्माणले गति लिने अपेक्षा गरेर खुसी भएका स्थानीयले बम बिष्फोट भएपछि त्रसित र निराश बनेको स्थानीय लाकेन्द्र शाहीले बताउनुभयो । बङ्लादेशले पाँचसय मेगावाट विद्युत खरीद गर्ने सम्झौता गरेको छ ।
उत्पादित बिजुली बंगलादेश पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७ सेन्ट करीब ८ रुपियाँ ८० पैसामा किन्ने सहमती भएपछि माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माणमा संलग्न भारतीय कम्पनी जि एम आरलाई बाटो खुलेको थियो । जीएमआरले सन् २०१४ मै माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माण गर्न लगानी बोर्ड संग परियोजना बिकास सहमति पीडीए गरेको थियो । माथिल्लो कर्णाली जलबिद्युत आयोजना बाट भारतीय निर्माण कम्पनी जीएमआरले ९ सय मेगावाट बिद्युत उत्पादन गर्ने र २५ बर्ष सम्म संचालन गर्न दिए बापत बिना लगानी २७ प्रतिशत स्वामित्व र १२ प्रतिशत बिजुली दिने सम्झौता गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?