logo
२०८१ बैशाख १३ बिहीवार



शुक्रबार पेनम्ब्रल चन्द्रग्रहण

खुला |
बिज्ञान |


शुक्रबार पेनम्ब्रल चन्द्रग्रहण
२०७२ चैत्र १० गते बुधबार बाैध्दनाथमा देखिएकाे पेनम्ब्रल चन्द्रग्रहण । तस्बिर साैजन्य ः मनिषा द्ववा



गोरखापत्र अनलाइन
काठमाडौं, पुस २४ गते । सन् २०२० को पहिलो चन्द्रग्रहण शुक्रबार नेपालमा पेनम्ब्रल चन्द्रग्रहण लाग्ने छ । उक्त चन्द्रग्रहण राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५७ मिनेटमा सकिनेछ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यस्तो छाँया दुई प्रकारको सघन तथा बिरल गरी दुई प्रकारको हुने गरेको नेपाल एष्ट्रनोमिकल सोसाइटिका अध्यक्ष सुरेश भट्टराइले बताउनुभयो ।
के हो पेनम्ब्रल चन्द्रग्रहण
उहाँका अनुसरा यदि चन्द्रमा पृथ्वीको सघन छाँयामा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँयामा पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । यो ग्रहण नाँगो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पंचाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन. यस ग्रहणको बेला तस्बिर खिची केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले विज्ञानिक समुदायको लागि यस्तो ठूलो हुने भट्टराईको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?