logo
२०८१ बैशाख १२ बुधवार



हरसाहा -विश्रामपुर सडक वर्षाैंपछि कालोपत्रे, स्थानीय हर्षित

खुला |


हरसाहा -विश्रामपुर सडक  वर्षाैंपछि कालोपत्रे, स्थानीय हर्षित
वृन्दावन नगरपालिका ग्रामिण क्षेत्रबाट हरसाहा हुँदै सदरमुकाम गौर जाने प्रमुख सडकखण्ड कालोपत्रे हुँदा आवतजावत सहज बनेको छ ।



मनोज तिमलसिना
रौतहट, पुस २४ गते । रौतहटको वृन्दावन नगरपालिकाले हरसाहा चोक विश्रामपुर सडक खण्ड स्तरोन्नतिसँगै कालोपत्रे गरेपछि स्थानीयबासी हर्षित भएका छन् ।

वृन्दावन नगरपालिकाअन्तर्गतको सो सडकखण्ड वर्षांैदेखि जीर्ण रहनाले आवतजावतमा समस्या हँुदै आएकोमा स्तरोन्नतिसँगै कालोपत्रे भएपछि त्यस क्षेत्रका स्थानीयबासी हर्षित भएका हुन् ।

वर्षाैदेखि कच्चि सडक रहेको सो सडक क्षेत्र पहिले खाल्डाखुल्डी रहेकोे र वर्षायाममा हिलाम्मे रहँदा आवतजावतमा निकै नै कठिनाइ भैइरहेको थियो ।

पहिले साँघुरो रहेको सो सडकखण्डको चौडीकरणसँगै कालोपत्रे गर्न नगरपालिकाले गत आर्थिक वर्षको योजनाअन्तर्गत उक्त सडकलाइ छनौट गरी कालोपत्रे गरेपछि आफूहरुलाई सहज आवागमन भएको स्थानीय शेख मजिदले बताउनुभयो ।

वृन्दावन नगरपालिकाको १६ लाखलागतम विभिन्न ठाउँमा कल्र्भट निर्माण र ८७ लाखको लागतमा माटोपुरी ग्राभेल गर्ने तथा सांसद कोषको ५० लाखको लागतमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको वृन्दावन नगरपालिकाका योजना शाखा प्रमुख हरि दुलालले जानकारी दिनुभयो ।

कालोपत्रे गरिएको सडकको मध्यभागमा डिभाइडर समेत राखिएको छ । सो कालोपत्रे दुबैतर्फ पाँच मिटरमा गरिएको छ ।

वृन्दावन नगरपालिकाका ग्रामिण भेगबाट हरसाहा चोक सदरमुकाम गौर जाने मुख्य सडक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?