logo
२०८१ बैशाख ६ बिहीवार



पक्राउ परेका १२२ चिनियाँलाई पाँच दिन थुनामा राख्न अनुमति

खुला |


पक्राउ परेका १२२ चिनियाँलाई पाँच दिन थुनामा राख्न अनुमति
सांकेतिक तस्बिर


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ८ गते । शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका छजना महिला सहित १२२ चिनियाँ नागरिकमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंँले मंगलवार पाँच दिनको म्याद थप गरेको छ ।
प्रहरीले उनीहरुमाथि अभद्रव्यवहार मुद्दा अन्तरर्गत अनुसन्धान शुरु गरेको छ । अभियुक्तहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय प्रहरी वृत्तहरू बालाजु, सोह्रखुट्टे, महाराजगन्ज र दरवारमार्गको प्रहरी हिरासतमा राखिएको छ ।
काठमाडौंँ परिसरका अतिरिक्त सम्वन्धित वृत्तहरुबाट मुद्दाको अनुसन्धान शुरु गरिएको छ । परिसरका प्रमुख उत्तमराज सुवेदीले मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठबाट पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा ल्यापटप र विद्युतीय उपकरण बरामद घटना शंकास्पद रहेको बताउनुभयो ।
‘उनीहरूको गतिविधिका बारेमा अनुसन्धान गर्न प्रहरीले विहान दोभाषेको सहयोग लिए पनि थप विवरण खुल्न सकेन’ परिसर प्रमुख सुवेदीले भन्नुभयो– पक्राउ परेका चिनियाँ नागरिकको शंकास्पद गतिविधिका विषयमा थप सूचना विवरण लिन केन्द्रीय अनुसन्धान ब्यूरोसंग छलफल भइरहेको छ ।
काठमाडौँको अन्य स्थानमा पनि घरभाडामा लिएर चिनियाँ नागरिकले शंकास्पद गतिविधि सञ्चालन गरिरहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । नेपालमा रहेका करीव दुईहजार चिनियाँ नागरिकको गतिविधि शंकास्पद देखिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले शंकास्पद गतिविधिमा संलग्न प्रायः सबै जना भिजिट भिषामा नेपाल आएको जानकारी दिनुभयो । उहाँले यस्तो ब्यक्तिको संख्या दुईहजार रहेको बताउनुभयो ।
विशेष गरी युवा उमेरका महिला र पुरुषको संलग्नता बढी देखिएको छ । घर, कोठा, फल्याट तथा सटर भाडामा लिई उनीहरू व्यापार व्यवसायका अतिरिक्त नेटवर्किङ ब्यापार, अनलाइन जुवा, अनलाइन ठगी र ह्याकिङ अपराधमा संलग्न रहेको पाइएको छ ।
उनीहरूको अनलाइन ठगी, जुवा र ह्याकिङबाट चिनियाँ नागरिक नै पीडित हुने गरेको पाइएको छ । नेपालको भूमि प्रयोग गरी आफ्नै देशका नागरिक विरुद्ध अपराध गरेको देखिन्छ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्नुभयो ।
समूह–समूह बनाएर नेपाल आएका चिनियाँहरूले अनलाइन ठगी र अनलाइन जुवा (ग्याम) बाट सर्वसाधारणलाई बढी पीडित बनाउने गरेको पाइएको छ । चीनमा पक्राउ पर्ने डरले दक्षिण अफ्रिका र पूर्वी एसियाको विभिन्न देशमा लुकिछिपि बस्ने गरेका छन् ।
तर, पछिल्लो समयमा नेपाललाई पनि ुरक्षित भूमिको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । ठमेलको ज्याठा गल्लीमा होटल, रेष्टुराँ, कार्गो र अनलाइन व्यापार व्यवसाय सञ्चालन गर्दै आएका धेरैजसो चिनियाँ नागरिकका शंकास्पद गतिविधिमाथि प्रहरीले निगरानी राखेको छ ।
बैकिङ ह्याकिङदेखि सुन, दुर्लभ बन्यजन्तुको ओखटेपहार, जडिबुटी र अबैध डलर तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको छ । उनीहरुका गतिविधिप्रति चीन सरकार समेत गम्भीर देखिएकाले सोमवार एकैपटक एकसय २२ जना पक्राउ परेका हुन । केही ब्यक्ति भागेको अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस्

दक्षिण पूर्वी एशियाका अन्य देशमा साइबर क्राइममा सक्रिय रहेकाे आशंका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?