logo
२०८१ बैशाख ६ बिहीवार



पुसमा किन गर्ने सूर्य पूजा

खुला |


पुसमा किन गर्ने सूर्य पूजा


सरस्वती ढुङ्गाना


पुस महिनाका आइतबारमा व्रतालुहरू सूर्यनारायणको उपासना गर्छन् । सूर्यनारायणको पूजाअर्चना गर्नुको मुख्यकारण के हो भने यसलाई सृष्टिको प्रारम्भदेखि नै महìवपूर्ण शक्ति स्रोतका रूपमा लिइएको छ ।
त्यसो त विज्ञानले पनि सूर्यबिना मानवजीवन लगायत सृष्टि सम्भव नहुने कुरा पुष्टि गरेको छ । सम्पूर्ण ब्रह्माण्डको सञ्चालकका रूपमा पनि सूर्यलाई लिइन्छ ।
धार्मिक, सांस्कृतिक, वैज्ञानिक, आयुुर्वेदिक दृष्टिकोणमा सूर्यको ज्यादै महìव रहेको देखिन्छ । धार्मिक दृष्टिमा सूर्यको ज्यादै महìव छ । सातवटा घोडामाथि सवार गरेका सूर्य प्रकाशतापका स्रोत हुन्  । यसैका माध्यमबाट उनी संसारको पालनपोषण गर्छन् ।
सांस्कृतिक दृष्टिमा सूर्यको उपासना गर्ने परम्परा नेपालमा परापूर्वकालदेखि चलेको छ । सूर्य उपासना पर्वका रूपमा छठ पर्वलाई लिइन्छ । वैज्ञानिक दृष्टिमा त सौर्यमण्डलको आफ्नै महìव छ । सूर्यबिना सृष्टिको सम्भव र कल्पना पनि गर्न सकिँदैन । आयुर्वेदले समेत सूर्यका किरणलाई औषधीय गुणका रूपमा उल्लेख गरेको छ ।
सूर्यका किरणमा औषधीय गुण हुने तथ्य अमेरिकी चिकित्सक एडबिन वैविटले प्रमाणित गरेका हुन् । उनले सूर्यचिकित्सा पद्धतिलाई ज्यादै लाभदायी उपचार पद्धति हो भनेका छन् । आयुर्वेदमा चरकद्वारा यसको महìव प्रस्ट पारिएको छ । सूर्यको प्रकाशमा प्रत्येक प्राणीको जीवनशक्ति र आरोग्य रहेको मान्यता छ । आरोग्यं भाष्करादिच्छेत् भनेर चरक संहितामा यसको चर्चा गरिएको छ ।
जुन वर्ष पुसमा पाँच आइतबार परेका हुन्छन् विशेष रूपमा आइतबार व्रत बस्ने गरिन्छ । पाँच आइतबार नपरे व्रत नबस्ने चलन अझै पनि छ । सूर्योपासकहरू यसलाई विश्वको आत्मा, सम्पूर्ण ब्रह्माण्डको मूल आधार र प्राणतìवका रूपमा लिने गर्दछन् । पञ्चमहाभूत पृथ्वी, जल, तेज, वायु र आकाशको सञ्चालनमा सूर्यको अग्रणी स्थान रहेको छ ।
यस व्रतको पनि आफ्नै विधि विधान र पद्धति रहेको छ । मध्याह्नकालमा वा १२ बजे सूर्यको पूजा गर्ने गरिन्छ । तामाको थालमा १२ वटा विष्णुका प्रतिमा स्थापना गरी पूजा गरिन्छ । पूजा गरेपछि सूर्यलाई करबिरको पात चढाइन्छ । १२ विष्णुलाई १२ महिनासँग पनि दाँजेर हेर्न सकिन्छ ।
हाम्रा १२ महिना र १२ राशिको नाम पनि सूर्यसँग नै जोडिएका छन् । मधुसूदन, त्रिविक्रम, वामन, श्रीधर, ऋषिकेश, पद्मनाभ, दामोदर, केशव, नारायण, माधव, गोविन्द, विष्णु नामका १२ प्रकाश शक्तिलाई स्थापना गरी सूर्यलाई पुजिन्छ । यी १२ नाम १२ महिनासँग पनि सम्बन्धित भएकाले पूजा गरेपछि १२ सुते बत्ती बाल्ने गरिन्छ ।
यसरी सूर्योपासना गर्दा निरोगी हुने, आँखाको तेज बढ्ने, स्मरणशक्ति बढ्ने, शरीरमा ऊर्जा प्राप्त हुने, रोगसँग लड्न सक्ने शक्ति प्राप्त हुने, कुनै पनि प्रकारको मनोकाङ्क्षा पूरा हुने लगायत धार्मिक विश्वास रहेको छ । हुन त पुस महिनाबाहेक अन्य महिनामा पनि सूर्यको उपासना गरिन्छ । हरेक हिन्दु व्रतालुले स्नानपछि सूर्यलाई जल चढाउँछन् । पूजा गर्दा पनि सूर्यनारायणलाई अर्घ दिने चलन छ ।

saraswati851217@gmail.com

युवामञ्च पुस २०७६

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?