logo
२०८१ बैशाख १३ बिहीवार



बस दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

खुला |


बस दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते


बेलिना थापा
लमजुङ, मङ्सिर २२ गते । लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।
उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताउनुभयो । उहाँका अनुसार उक्त घटना विहान ७ बजेतिर भएको हो । बस दुर्घटना हुँदा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० बर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । गभ्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्च भएका छन् । १ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उक्त बसमा करिव १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडि छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?