logo
२०८१ बैशाख १३ बिहीवार



काभ्रे सेवा समाजको साधारणसभा सम्पन्न

खुला |


काभ्रे सेवा समाजको साधारणसभा सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौं, मङसिर २१ गते । काभ्रे सेवा समाजको सातौं साधारणसभा शनिवबार काठमाडौंमा सम्पन्न भएको छ ।
सो अबसरमा काभ्रे जिल्लामा जन्मिएर काठमाडौं लगायत देशका फरक भूभागमा क्षेत्रमा रही योगदान गर्नु हुने व्यक्तित्वहरूलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्मान गर्नुभएको थियो ।
सो कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले काभ्रे जिल्लामा जन्मिएर देशका विभिन्न क्षेत्रमा रहनुभएका सबै काभ्रेलीलाई राजनीतिभन्दा माथि उठेर जिल्लाको विकास निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।
सो अबसरमा मन्त्री बाँस्कोटाल काभ्रे समाजले प्रकाशन गरको काभ्रेली गुञ्जनको छैटौं अंक विमोचन गर्नुभएको थियो ।
साथै कार्यक्रममा अमूर्त कलाका प्रख्यात कलाकार ठाकुरप्रसाद मैनाली, प्राज्ञ गीता त्रिपाठी तथा इतिहास र संस्कृतिका विज्ञ ज्ञानकाजी मानन्धर लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?