logo
२०८१ बैशाख १३ बिहीवार



एक कैदीले गरे प्रमका लागि मृर्गौला दान गर्ने घोषणा

खुला |


एक कैदीले गरे प्रमका लागि मृर्गौला दान गर्ने घोषणा


प्रेम सिम्खाडा
कालिकोट, मङ्सीर १६ गते । कालीकोट कारागारमा रहेका एक कैदीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई आफ्नो मृर्गौला दान गर्ने घोषणा गरेका छन् ।
कालीकोटको महावै गाउँपालिका निवासी हेमन्त भनिने बलबहादुर शाहीले देशको कुसल चालक केपी शर्मा ओली भएकाले उहाँलाई बचाउन आफूले गृर्गौला दान गर्न चाहेको पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको वताउनुभयो ।
बलबहादुर शाहीले ९ महिना म्म भारतले नाकावन्दी गर्दा देशलाई कुनै पनि हालतमा कम्जोर हुन नदिने राष्ट्रप्रतिको निडर नेतृत्व भएका कारणले आफूले मृर्गौला दिन चाहेको वताउनुभयो् ।
उहाँले मृगौला जती पनि पाईएला तर आफूले निडर राष्ट्र प्रति वफादार, उहाँ (प्रम ओली) पनि १४ वर्ष जेलमा बसेको ब्यक्ति भएका कारणले नेपाल र नेपालीले उहाँको अभाव महसुस नगरोश भनेर मृर्गौला दान गर्ने अनुमति मागेको वताउनुभयो । बलबहादुरले १५ दिन अगाडि आफूले पत्र पठाएको तर जेलर नभएको भन्दै पत्रलाई समयमा प्रशासन कार्यालयमा नपु¥याइएको प्रति दस्ुख ब्यक्त गर्नुभयो् ।
यता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले गृहमन्त्रालय मार्फत आफूले बलबहादुरको पत्र प्रधानमन्त्री कार्यालय पठाईसकिएको वताउनुभयो् । कैदी बलबहादुरले आफू जेलबाट मुक्त हुने मनसायका साथ मृगौला दान गर्ने भनेको त होइन भन्ने गोरखापत्रको प्रश्नमा बलबहादुरले आफूसँग कुनै स्वार्थ नभएको सुनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?