logo
२०८० चैत्र १६ शुक्रवार



छुट्टाटुट्टै सवारी दुर्घटनामा १४ जना घाइते

खुला |


छुट्टाटुट्टै सवारी दुर्घटनामा १४ जना घाइते


मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर १६ गते । मकवानपुरमा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।
हेटौँडा–कुलेखानी–फोखेल–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित देउरालीमा भएको सुमो दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट वीरगञ्जका लागि आउँदै गरेको ना १ ज २८९९ नम्बरको टाटा सुमो दुर्घटना भएको हो । घाइते भएका १२ जनाको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला जनाएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी टोलीले दुर्घटनाका घाइतेको उद्दार गरी हेटौँडा पठाएको थियो ।
दुर्घटनामा परी घाइते हुनेमा भारत वेलियामा भुट्टा साह, ऐनलाल, भारत मोतिहारीका रुपेश कुमार, बारा जिल्ला कलैया–५ का वरुण पासवान, सन्तोष कुमार, आनन्द कुमार, कलैया–६ का सराजुल अन्सारी, बारा जिल्ला गढीमाई नगरपालिकाका दिनेश ठाकुर रहनुभएको छ ।
यस्तै सुमो चालक बारा कोलवी नगरपालिकाका प्रकाश कार्की, बारा जिल्ला फेटाहा गाउँपालिका १ का रामएकवाल प्रसाद कुर्मी, पोखरा महानगरपालिका २६ का सविना लामिछाने र सुनसरी जिल्ला महेन्द्र नगरपालिका ४ का भीमबहादुर दाहाल रहनु भएको छ । घाइते कलैया–६ का सराजुल अन्सारीको थप उपचारको चितवन पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौँडा ८ स्थित सनउड कोलनी कमानेमा सवारी दुर्घटनामा परी चालकसहित तीन जना घाईतेभएका छन् ।
मर्मत गरी परीक्षणका लागि चलाएको ना४ त ७२०७ नम्बरको कुखुराबोक्ने गाडी ब्रेक फेल भएर दुर्घटना भएको वडा प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
घाइते हुनेमा भारत मोतीहारीका प्रवेश आलम र मोतिहारीका १९ असर्द महमद मिया रहेका छन् । दुवै जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?