logo
२०८० चैत्र १६ शुक्रवार

  नक्कली दस्तखतका मुख्य योजनाकारको अपराध यात्रा 



किर्ते हस्ताक्षर, बाइक चोरीदेखि नक्कली लाइसेन्ससम्म

खुला |


किर्ते हस्ताक्षर, बाइक चोरीदेखि नक्कली लाइसेन्ससम्म


केशबराज पौडेल
काठमाडांै, मंङ्सिर १३ गते । एक बर्षअघिसम्म काभ्रेको पाँचखालमा खेतीकिसानी गर्ने २१ बर्षीय अञ्जन बराल यतीबेला प्रहरी प्रधान कार्यालय नक्सालको हिरासतमा छन् । सामान्य परिवारमा हुर्कीएका अञ्जनको उनका अपराध शृङ्खला केलाएका प्रहरी अधिकारी नेपाली नटवरलालको रुपमा हेर्न थालिएको छ ।
अञ्जन कसरी नटवरलाल बने ? त्यसमा उनको ठूलीआमाको छोरा गोविन्द घिमिरेलाई सात महिना अघि एउटा अपराधबाट जोगाएपछि अञ्जन अपराधको दुनियाँमा सात महिनामै भारतीय कुख्यात अपराधी नटवरलालको श्रेणीमा परेका हुन् । ३० बर्षिया घिमिरे सिन्धुपाल्चोक जिल्ला ज्यामिरे घर भई काठमाडौं–३२ सुविधानगर बस्ने गर्दथे । उनले अपराध गरेर सात महिना अघि जोगिन पाँचखाल गएका थिए । घिमिरेको संगतबाट अञ्जन अपराधको दुनियाँमा छिरे ।
विगत सात महिनाको गतीविधि हेर्ने हो भने अञ्जनलाई शंका गर्ने धेरै ठाँउ छन् । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ३ रामपुरका स्थायी बासिन्दा २१ बर्षका बरालसँग मंहङ्गो बाईक, लत्ता कपडा र जीवनशैलीमा एक्कासि ठूलो परिर्वतन आएको थियो प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताउनुभयो ।
पाँचखालबाटै ड्राईभिङ लाइसेन्स बनाइदिने भन्दै उनले सयौं व्यक्तिका नागरिकता, फोटो र व्यक्ति पिच्छे ५० हजारसम्म नगद उठाएका थिए । पाँचखालका बेरोजगार युवालाई खानपानको व्यवस्थापन गरेर सात महिनामै छुट्टै ग्याङनै बनाएका थिए उनले । बुधबार प्रहरीले नियन्त्रणमा लिएका पाँचखालका तीनजना युवा उनकै ग्याङका सदस्य रहेको जानकारहरु बताउनुहुन्छ । पाँचखालमा हुने धेरै आपराधिक कृयाकलापमा उनको अदृश्य संम्लग्नता हुँदै आएको प्रहरीको शंका छ ।
पाँचखालमा मात्रै ४० जनाभन्दा धेरैसँग अञ्जनले टिपर,मोटरसाईकलको लाइसेन्स बनाउने भनेर पैसा र उनीहरुको कागजपत्र लिएका थिए । डिएसपी बोगटी अञ्जनले धेरै शंकास्पद गतिविधिमा संम्लग्न भएको आधार रहेको बताउनुभयो । प्रहरीले बरामत गरेको सबै सामान अञ्जनकै कोठाबाट बरामत भएकाले यो कार्यको योजनाकारको रुपमा अञ्जनलाई प्रहरीले हेरेको डिएसपी बोगटीले बताउनुभयो ।
अञ्जनले रामेछापबाट समेत धेरैलाई विदेश पठाउने भन्दै नागरिकता फोटो र पासपोर्ट लिएका थिए । उनले रामेछापबाट धेरैसँग लाखौं पैसा उठाएर भाग्दै हिडेको पाँचखालका स्थानीय दाबी गर्छन् ।
यतीमात्रै हैन, ६ लाख ५० हजार मूल्यको मोटरसाइकल टेष्ट राइडकै क्रममा चोरेर भागेको भन्दै मिलन सुब्बाले प्रहरीमा उजुरी समेत दिएका थिए । सामाजिक सञ्जालमा सुब्बाले अञ्जनको राहदानीको फोटो हालेर सहयोगको अपिल गरेका थिए ।
कात्र्तिक २७ गते उनले टेष्ट राइडका लागि भनेर लगेको मोटरसाइकल अझै फेला परेको छैन । तर बैंकमा नक्कली हस्ताक्षर गरेर पैसा निकालेको अभियोगमा अञ्जन पक्राउ परेका छन् । डिएसपी बोगटीले अञ्जनले ६ लाख ५० हजार र तीन लाख ५० हजार पर्ने दुईओटा बाइक टेष्ट राइडको लागि भनेर चोरेको प्रमाणित भैसकेको बताउनुभयो ।
शेयरमा लगानी गर्ने भन्दै उनले सात महिना अघिदेखि विभिन्न व्यक्तिको नागरिकता, फोटो र महत्वपूर्ण कागजपत्र उठाउनेक्रम सुरु गरेका थिए । अञ्जनलाई पक्राउ गरेसँगै प्रहरीले सबै कोणबाट अनुशन्धान भैरहेको डिएसपी बोगटीले बताउनुभयो ।
बुधबार अञ्जनसँगै प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल–३ भई हाल काठमाडौं–१३ कालिमाटी बस्ने बर्ष १९ को सुभाष श्रेष्ठ, सोही स्थान घर भई हाल काठमाडौं–१३ कालिमाटी बस्ने बर्ष १९ को कुमार तामाङ, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल–३ भई हाल काठमाडौं–१३ कालिमाटी बस्ने बर्ष १८ मनिष घिमिरे, बाग्लुङ जिल्ला गलकोट नगरपालिका–३ भई काडमाडौं–१० ब्द्धनगर बस्ने बर्ष २५ को सुमन पौडल, सिन्धुपाल्चोक जिल्ला ज्यामिरे घर भई काठमाडौं–३२ सुविधानगर बस्ने बर्ष ३० को गोविन्द घिमिरेलाई नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?