logo
२०८१ बैशाख ७ शुक्रवार



खोरमा पर्याे नरभक्षी चितुवा

खुला |


खोरमा पर्याे नरभक्षी चितुवा


प्रकाशचन्द्र भट्टराई

दमौली, मंसिर ९ गते ।  १८ महिनामा ६ जना बालबालिका चितुवाको शिकार बनेपछि स्थानीयले थापेको खोरमा चितुवा परेको छ । तनहुँको भानु नगरपालिका बडा नम्बर २ मा आइतबार एउटा पोथी चितुवा खोरमा परेको छ ।

बालबालिकामाथि दैनिक जसो चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाले चितुवालाई पासोमा पार्न सामुदायीक वनमा नौ वटा पराम्परागत खोर निर्माण गरेका थिए । वडा नम्बर २ को मझुवा ओख्ले सामुदायीक वन भित्र निर्माण गरिएको उक्त खोरमा आइतबार विहान एउटा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो । चितुवालाई पासोमा पार्न उक्त खोरभित्र बाख्रा राखिएको थियो ।

चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेको तथा पशु चौपायालाई समेत आक्रमण गरेपछि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन भित्र परम्परागत काठका खोर निर्माण गरिएको थियो । चितुवाको आक्रमणबाट भानु नगरपालिकाको वडा नम्बर १, २ र ३ मा डेढ वर्ष यता ६ जना बालबालिकाको मृत्यु भईसकेको छ भने सात जना घाइते भएका छन् । त्यस्तै चितुवाले धेरै संख्यामा घर पालुवा पशु चौपायालाई आक्रमण गरेको थियो ।

बालबालिका तथा पशु चौपायालाई घरमै आई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय तथा भानु नगरपालिकाको सहयोगमा विभिन्न सामुदायीक वनमा खोर निर्माण गरिएको भानु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अर्जुनबहादुर खड्काले बताउनुभयो ।

चितुवा नियन्त्रणको लागि उक्त खोरहरु प्रभावकारी देखिएको डिभिजन वन प्रमुख बरालले बताउनुभयो । हालसम्म ति खोरमा चारवटा चितुवा पासोमा परिसकेको छ । केही दिन अघि मात्र पोथी चितुवामा खोरमा परेको थियो । यस्तै हालसम्म दुई वटा चितुवाको डमरु मृत अवस्थामा भेटिएको छ । पासोमा परेको उक्त चितुवा आइतबार नै रुपन्देहीको शंकरनगर स्थित सामुदायीक प्राणी उद्यानमा लगेर छाडिएको डिभिजन वन प्रमुख बरालले जानकारी दिनुभयो ।

यो पनि पढ्नु होस

घटेन चितुवा आतङ्क, डेढ वर्षमा पाँचको ज्यान गयो

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?