logo
२०८१ बैशाख ११ मंगलवार



जाडोमा पनि उत्तिकै फेसनेबल

खुला |


जाडोमा पनि उत्तिकै फेसनेबल


यलु जोशी

काठमाडौँ । चिसो बढ्दै गएको काठमाडाँैमा दिन छिप्पिएर साँझ नपर्दै चिसोले सताउँछ । शरीरले न्यायो कपडाको माग गर्न थालिसकेको हुन्छ । जाडो मौसममा लगाइने लुगाका विभिन्न ब्रान्डमा तन्नेरीको आँखामा पर्न थालेका छन् ।
अहिले युवतीका निम्ति कोरियन डिजाइनका फिटिङ लेदर ज्याकेट, लङ उनी स्वेटर तथा बुट बढी लोकप्रिय छन् । नायिका पूजा शर्मालाई जाडो महिना नै मन पर्छ । ‘‘अङ्ग प्रदर्शन गर्ने मात्र फेसन होइन,” उहाँ भन्नुहुन्छ, ‘‘म पनि फेसनमा त्यत्तिकै चासो राख्छु तर छोटा छोटा पहिरनले मात्र आपूm ‘फेसनेबल’ हुन्छु भन्ने मान्दिनँ ।’’
जाडो महिनामा छाला, अनुहार सुरक्षित हुनुको साथै नयाँ नयाँ लुगाको मजा पनि लिन सकिन्छ । बुटको साथमा लङ्कोट लगाउनेमा आफूलाई खुब स्मार्ट लाग्ने शर्मा यो जाडोमा पनि अर्को बुट, लङ्कोट र हाफकोट किन्ने विचारमा हुनुुहुन्छ । उहाँले टोपी र स्काफलाई मिलाएर लगाउन मनपर्ने बताउनुभयो ।
यता निर्देशक तथा नायक दीपकराज गिरी भन्नुहुन्छ, ‘‘मलाई प्रायः गर्मी महिना मन पर्छ तर फेसनको हिसाबले जाडो महिना पनि उत्तिकै मन पर्छ । प्रायः जाडोमा कोट नै मन पर्छ, कहिलेकाहीँ लेदरको ज्याकेट लगाउन पनि रुचाउँछु ।’’ ज्याकेट किन्दा आफूले लगाउने अन्य लुगा र सामग्रीहरूसँग मिलाउने कुरामा पनि ध्यान दिनुपर्ने उहाँ ठान्नुहुन्छ ।
काठमाडाँै इन्जिनियरिङ कलेजमा तेस्रो सेमेस्टर अध्ययनरत रोशन कार्की भने हाइनेक वा फुल टिसर्टसँग ज्याकेट लगाउन रुचाउनुहुन्छ । स्ुन्धारास्थित सिभिल मलमा भेटिएका कार्की भन्दै हुनुहुन्थ्यो, ‘‘नयाँ ज्याकेट किन्दै छु । यात्राका लागि बाइक हाँक्न उहाँको रोजाइमा धेरैजसो विन्डप्रुफ ज्याकेट पर्छन् ।”
विगत २२ वर्षयता काठमाडौँमा रेडिमेड लुगाहरूको व्यापार गर्दै आउनुभएका सरोज तुलाधर बढ्दो इन्टरनेटको प्रयोग र विदेश जाने आउने क्रमसँग युवापुस्ता फेसनप्रति सचेत हुन थालेको अनुभव सुनाउनुहुन्छ । तुलाधरका अनुसार कस्तालाई जाडोको लुगा भन्ने सोचाइमा नै निकै ठूलो परिवर्तन आएको छ । पहिले बाक्लो, भुवादार र मोटो ज्याकेट, टिसर्टहरू चल्थे । अहिले त्यो मानसिकतामा धेरै परिवर्तन आइसकेको छ । जाडोका लुगाहरू पनि विभिन्न डिजाइनका बजारमा आइसकेका छन् ।
सुन्धारास्थित सिभिल मलका व्यापारी शर्मिला लामा यसपालिको जाडोयाममा विशेष गरेर लङकोट, लङबुट, वानपिस ज्याकेट, लङटिसर्ट जस्ता युवतीका फेसनका सामग्री आएको जानकारी दिनुभयो । क्याप हाउसका राजेन्द्र श्रेष्ठको अनुभव पनि त्यस्तै छ । अहिलेका युवापुस्ता जाडोमा पनि फेसेनेबल देखिनु हर प्रयास गरिरहेका हुन्छन् । कोरियन सामानको फेसन भएको हुनाले कोरियन टोपीहरू बढी बिक्री भएको अनुभव छ ।
बिहे तथा भोजभतेरका लागि क्याजुअलभन्दा पनि साडी लगाउने फेसन आएको छ । हिजोआज बजारमा हरेक प्रकार तथा डिजाइनका साडी उपलब्ध छन् । राम्रोसँग साडी लगाउन नआउनेहरूका लागि रेडिमेड ‘प्लिट्स’ भएका साडी पनि पाइन्छन् । जाडोमा साडीका साथमा ‘काडिर्गन’, ज्याकेट, कोट, हाइनेक आदि पनि लगाइन्छ । ‘‘सही तरिकाले लगाउन नजानेमा नराम्रो देखिन्छ पहिरनसँग साडीको जोडा पनि आकर्र्षक देखिन्छ,’’ फेसन डिजाइनर निलिमा शर्माले साडीसित ज्याकेट लगाउँदा साडीको आँचललाई ज्याकेटको नेक बाहिर निकालेर मफलरजस्तै ओड्नु उचित
हुने बताउनुहुन्छ ।
अहिले ढाकाको पनि धेरै फेसनमा भएकाले यसलाई पनि जाडोमा प्रयोग गर्न सक्ने शर्माले जानकारी दिनुभयो । उहाँले यसले मौलिकपन आउनुको साथै न्यानो र फेसनेबल देखिने पनि बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?