logo
२०८१ बैशाख १२ बुधवार



करेन्ट लागेर दुई भारतीय मजदुरको मृत्यु

खुला |


करेन्ट लागेर दुई भारतीय मजदुरको मृत्यु


प्रकाशचन्द्र भट्टराई
दमौली, कात्तिक २८ गते । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ जामुनेमा करेन्ट लागेर बिहीबार दुईजना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेका छन् । उहाँहरुहरु जामुनेमा निर्माण भईरहेको स्वास्थ्य चौकी भवनमा मजदुरको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत शट भएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । मृतक दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?