logo
२०८० चैत्र १६ शुक्रवार



चार वर्षदेखि त्रिपालमा प्रहरी चौकी : न घाम छेक्छ न पानी

खुला |


चार वर्षदेखि त्रिपालमा प्रहरी चौकी : न घाम छेक्छ न पानी



मनाेज भट्टराई 

ओखलढुंगा, कात्तिक २० गते । ओखलढुङ्गाको पश्चिमको गाम्नाङटारमा रहेको प्रहरी चौकी लामो सयमदेखि त्रिपामा नै छ । २०५१ सालमा स्थापना भएको प्रहरी चौकी गाम्नाङटारको भवन निर्माण सम्पन्न नहुँदा त्रिपाल मै रहनु परेको हो ।
समाजमा सुरक्षाको दायित्व लिएका सुरक्षाकर्मी बस्ने घर नै असुरक्षित हुँदा सुरक्षकर्मीलाई समस्या भएको छ । त्रिपालमा रहेको प्रहरीचौकीले न पानी छल्छ, न त शीत नै । २०७२ सालको भूकम्पमा दिईएको त्रिपालमा चार वर्षदेखि कष्टकर जीवन बिताईरहेका छन गाम्नाङटारमा रहेका सुरक्षकर्मीले । त्रिपालको घरमा सामान्य पानी पनि बग्दैन त्रिपाल मै प्रहरीले आवासदेखि कार्यालय समेत सञ्चालन गरेका छन् । ओछ््यानदेखि अगेनोसम्म पानी र शीत चुहिन्छ घर परिवार नभनी ड्युटीमा खटिएका प्रहरीको अवस्था कसैले बुझ्न नखोजेको एक प्रहरीले गुनासो छ । समान्य संघसंस्थाको कार्यालय भन्दा सुरक्षा निकाय बस्ने संरचना दयनीय भएको स्थानीय बताउँछन् ।
जिल्लाको पस्चिमी क्षेत्र गाम्नाङटार, टारकेरावारी, यसम र नर्मदेश्वर अर्थात लिखु गाउँपालिकाको वडा नं. ३ देखि ८ सम्म कार्यक्षेत्र रहको छ यो चौकीकोे ।
प्रहरीचौकीको बारेमा आफूहरूले बारम्बार कुरा उठाए पनि भवन ठेक्का पक्रिया भएर निर्माण थालिएको पनि तीन वर्ष बित्न लागो ठेकेलदारले समयमा काम नगर्दा समस्या भएको गाम्नाङटारका स्थानीय फत्तबहादुर पौडेलले बताउनु भयो ।
त्यतिखेर चौकी जलाउने अहिले सत्ताको नेतृत्वमा छन्, प्रहरी भने रातभर चिसोमा कठ््यांग्रीएर बस्न बाध्य रहेका छन् भत्काउन सक्नेले समयमा बनाउनुपर्छ की पर्दैन भनेर स्थानिय सरकारसँग आक्रोसित भएका छन् ।
गाउँमा दैनिक सानातिना घटना भइरहन्छन प्रहरीका लागि भौतिक संरचनाको नहुँदा समस्या रहको र प्रहरीलाई सुरक्षा सामग्री जोगाउन पनि मुस्किल पर्ने गरेको गाम्नाङटारका प्रहरी चौकीका प्रहरी सहाकनिरीक्षक सीताराम भण्डारीले बताउनभयो । संरचना नहुँदा अनुसन्धान गर्न र दुईतर्फी झगडीयालाई बयान लिन समस्या हुने गरेको उहाँको भनाई छ ।
गाम्नाङटारमा मात्रै होइन, जिल्लाका अधिकांश प्रहरीचौकीका संरचना जीर्ण छन् । प्रहरी चौकी कोषहाट पनि त्रिपाल मै रहेको छ । जिल्ला प्रहरी कार्यालय नै कतिबेला भत्किन्छ भन्ने पिरलोमा बस्नुपरेको प्रहरी बताउँछन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा २२ प्रहरी युनिट मा ५ अस्थायी र १८ स्थायी रहेका छन् । व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरमा प्रहरीको कार्यालय रहेका कारण संरचना व्यवस्थित नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको ओखलढुङ्गाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजिव श्रेष्ठ बताउँछन् । ओखलढुङ्गामा जिल्लामा झन्डै साढे दुई सय भन्दा बढी प्रहरीको दरबन्दी छ । ओखलढुङ्गामा पछिल्लो समय इलाका प्रहरी कार्यालय खिजी फलाटेसहित आधादर्जन प्रहरी चौकीको भवन निर्माणकार्य भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?