logo
२०८१ बैशाख १२ बुधवार



सुनकोशीमा बस खस्यो ! पाँचको शव निकालियो

खुला |


सुनकोशीमा बस खस्यो ! पाँचको शव निकालियो
तस्बिर साैजन्य : नानीराम नेपाल


काठमाडौ कात्तिक १७ गते । दोलखाको मागादेउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस करीब १ः१५ बजे सडकबाट सिधै सुनकोशी नदीमा खसेकाे छ । साे बसबाट  पाँच जनाको शव निकालिएको छ ।

बसमा ३०/४० जना सवार रहेको हुन सक्ने जिप्रका सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । स्थानीय पत्रकार नानीराम नेपालका अनुसार अहिलेसम्म पाँच जनाको शव निकालिएको र बस नदीमै पूरै डुबेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

सिन्धुपाल्चोकको सुकुटे र चेहेरको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी सहायक निरिक्षक मनोज कार्कीले पुष्टि गर्नुभयो । हाल उद्धार जारी रहेको र मृत्यु हुनेहरुको संख्या यकिन हुन नसकेको कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?