logo
२०८० चैत्र १५ बिहीवार



अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

अन्तर्राष्ट्रिय |


अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल


लण्डन, कात्तिक १२ गते ।
समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल हुनुभएको छ । बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्वन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको हो ।

प्रधानमन्त्री जोनसोनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गर्नुभएको थियो । संसद्मा भएको मतदानमा प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २९९ मत मात्र परेको थियो । प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४३४ मत आवश्यक पर्नेमा २९९ मत मात्र परेकोले उहाँको प्रस्तावको विपक्षमा भने ७० मत खसेको थियो । मतदानअघि संसद्मा बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसोनलाई विश्वास गर्न नसकिने बताउनुभएको थियो । प्रधानमन्त्री जोनसोनले यसअघि युरोपेली सङ्घका नेताले बेलायत ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी जनवरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति दिएको सार्वजनिक भएको थियो ।

नयाँ ब्रेक्जिट प्रस्तावमा बेलायतको संसद्मा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री जोनसोनले समयसीमा लम्बाउन ईयूलाई अनुरोध गर्न बाध्य हुनुभएको थियो । प्रधानमन्त्री जोनसनले कुनै सम्झौता भएनभए पनि ३१ अक्टोबरको समयसीमाभित्रै ईयूबाट बेलायत बाहिरिसक्ने दावी गर्दै आउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?