logo
२०८१ बैशाख १२ बुधवार



तस्बिरमा पदयात्राका लागि प्रशिद्ध लाङ्टाङ् क्षेत्र

खुला |
पर्यटन |


तस्बिरमा पदयात्राका लागि प्रशिद्ध लाङ्टाङ् क्षेत्र


मेनुका रोका

काठमाडौं, कात्तिक ११ गते । रसुवा जिल्लाको प्रशिद्ध पर्यटकीय क्षेत्र लाङटाङ्मा चिसो बढ्दै छ । चिसोले पर्यटकीय मौसम सेलाएको जनाउ दिन थाले पछि लाङटाङ् फुर्सदिलो बन्ने तरखरमा छ । विगतमा विदेशी पर्यटकले खचाखच हुने लाङटाङ अहिले स्वदेशी पर्यटकले आधा भन्दा बढी हिस्सा ओगटेको स्थानीय पर्यटन व्यबसायीको भनाइ छ ।

विगत केही वर्षदेखि एक्लै, समूहमा र परिवारसँग पदयात्रामा जाने नेपालीको संख्या वृद्धिले यहाँका व्यसायीलाई उत्साहित बनाएको छ । विदेशी पर्यटक पनि राम्रै संख्यामा आए पनि क्वालिटी टुरिस्ट भन्दा व्याक प्याकरहरू बढी हुने गरेको स्थानीय बताउँछन् । नेपालका विश्व प्रशिद्ध पदयात्रा क्षेत्र मध्य लाङ्टाङ क्षेत्र पनि पर्दछ । अन्नपूर्ण र एभरेष्ट बेस क्याम पछिको पर्यटकको रोजाइमा परेको नेपालको तेस्रो पदयात्र क्षेत्रका रुपमा यो क्षेत्र परिचित छ ।

लाङटाङ् काठमाडौं नजिक परेका कारण नेपाली पदयात्रा प्रेमीका लागि पनि यो रोजाइको क्षेत्रमा पर्ने गरेको हो । रसुवा जिल्लाको स्याफ्रुबेसीसम्म एकै दिनमा बसबाट पुग्न सकिन्छ । स्याफूबेसीबाट पदयात्रा सुरु गर्ने हो भने डोमिन, पहिरो, व्याम्बो लामा होटल र क्याङ्जेनसम्मको पुग्दा बाटोमा पर्ने रमणीय दृष्य, झरना र तामाड समुदायका बस्ती निकै मनमोहक देखिन्छन् । बाहिर टिनका नीलो छाना भित्र काठैकाठले बनाएका सफा र चिटिक्क परेका होटल लजले युरोप तिरकै झल्को दिन्छ ।

दाउरा प्रसस्तै पाइने भएकाले पर्यटकलाई आगो ताप्न र जाडोबाट जोगाउन सहज भएको पाइन्छ चार वर्ष अघिको भूकम्पले निकै क्षति पुगेको यो क्षेत्रमा अहिले पुनः निर्माणको काम पूरा भएको छ । होटल लज तथा बाटोमा चिया पसलहरू पर्यटकको स्वागत सत्कारका लागि तयारी अबस्थामा छन् । पर्यटकीय स्थलको पुननिर्माण सँग यस क्षेत्रमा मनिसको चहलपहल बढेको छ । यदि तपाईं पनि पदयात्रको पारखी हुनुहुन्छ भने लाङटाङ अबस्य पुग्नुहोस् लाङटाङ तपाइँको प्रतिक्षामा छ ।

(पदयात्रामा रामाउने रोका प्रशिक्षार्थी पत्रकार हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?