logo
२०८१ बैशाख १२ बुधवार



सालकको खपटा र निगालो बाघको छाला सहित दुई जना पक्राउ

खुला |


सालकको खपटा र निगालो बाघको छाला सहित दुई जना पक्राउ


काठमाडौं, कार्तिक ६ गते ।
काठमाडौं महानगरपालिका–२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा र निगालो बाघको छाला सहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले करिब १ केजी ४ सय ग्राम सालकको खपटा र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएका २८ वर्षीय नवराज न्यौपाने र गोरखा सिरानचोक गाँउपालिका–६ घर भएका २२ वर्षीय केशव अर्याल रहेका छन् ।

दुर्लभ वन्यजन्तुको खपटा र छालाको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त खपटा र छाला सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई उक्त खपटा र छाला सहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?