logo
२०८० चैत्र १६ शुक्रवार



कालीगण्डकीमा जीप दुर्घटनाहुँदा एकको मृत्यु

खुला |


कालीगण्डकीमा जीप दुर्घटनाहुँदा एकको मृत्यु
तस्बीर ः फाईल फोटो


तम्घास समाचारदाता
तम्घास , कात्तिक ६ गते ।
मंगलबार राती गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ को मुल्कवाट जयखानी जाने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


लु १ च ४५८६ नं को जीप उकालोमा जार्दै गर्दा अचानक ब्रेक फेल भई ब्याक हुँदा जीपमा सवार कालीगण्डकी गाउँपालिका वडा नं ३ जयखानी बस्ने ४८ बर्षिय झुम बहादुर बिक घाइते हुनु भएको थियो । टाउकोमा चोट लागी गम्भिर घाइते भएका बिकको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मंगलबार राती मृत्यु भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिनुभयो । जीप र जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक निरिक्षक खनालले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?