logo
२०८१ बैशाख १२ बुधवार



लोकसेवा अध्ययन सामाग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |


लोकसेवा अध्ययन सामाग्री (वस्तुगत प्रश्नोत्तर)


१. जङ्गली हात्ती भगाउनका लागि साइरन ड्रोन निर्माण गर्ने नेपाली प्रतिभा को हुन् ?
झापाका अनिल प्रधान
– कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले सो ड्रोन बनाएका ।
– जङ्गली हात्ती बस्तीमा आई धेरै जनधनको क्षति पु¥याउने हुँदा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्नुभएका प्रधानले मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेलापारेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरी सो
उपकरण बनाएका ।
– पाँच किलोमिटर दूरीसम्म रिमोटले काम गर्ने भएकाले आफू पनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने ड्रोन रहेको ।
– साढे दुई लाख रुपियाँ लागतमा ड्रोन तयार गरिएको ।
– झापामा अहिलेसम्म हात्तीको आक्रमणबाट ३९ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको ।

२. विक्रम संवत् २०७६ असोज २८–३० सम्म काठमाडौँमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा चयन हुन सफल व्यक्तित्व को हुन् ?
 कुमार पन्त
– नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पन्तले एक हजार २१७ एवम् उहाँका प्रतिस्पर्धी कुल आयार्यले १०७० मत प्राप्त गरेका । निर्वाचनमा उपाध्यक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी एवम् महिला उपाध्यक्षमा रविना थापा, महासचिवमा डा. हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल, महिला संयोजकमा भोमादेवी लिम्बू एवम् युवा संयोजकमा हिमाल गुरुङ चयन भएका ।
– म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ सुरु भएको सो सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा असोज २८ मा उद्घाटन भएको ।
– सम्मेलनमा विश्वका ८१ मुलुकका करिब दुई हजार सात सयजनाको सहभागिता रहेको ।

३. विश्वव्यापी भोक सूचकाङ्कमा ‘ग्लोबल हङ्गर इन्डेक्स’ अनुुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 ७३औँ
– अघिल्लो वर्ष नेपाल ७२औँ स्थानमा रहेको ।
– ११७ देशको सूचीमा बेलारुस, युक्रेन, टर्की, क्युबा र कुवेत सबैभन्दा
माथि रहेका ।
– नेपालबाहेक अन्य दक्षिण एसियाली राष्ट्रमा श्रीलङ्का ६६औँ, बङ्गलादेश ८८औँ, पाकिस्तान ९४औँ, भारत १०२औँ तथा अफगानिस्तान १०८औँ स्थानमा रहेका ।

४. राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका सन्दर्भमा कहिले त्यसतर्फ प्रस्थान गर्नुभएको हो ?
 विसं २०७६ असोज २९
५. नेपाल र म्यानमारबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?
 सन् २०१९ अक्टोबर १७

६. एसिया क्षेत्रीय बाख्रा विज्ञहरूको सम्मेलन नेपालमा कहिले सम्पन्न भएको हो ?
 विसं २०७६ कात्तिक २–३
– कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा चितवनमा आयोजित सम्मेलनमा नेपाललगायत १७ मुलुकका ३०० भन्दा बढी वैज्ञानिकको सहभागिता रहेको ।
– यसअघि विश्वविद्यालयले सन् २०१७ मा भैँसी विज्ञहरूको सम्मेलन र सन् २०१८ मा पोल्ट्री विज्ञहरूको सम्मेलन सम्पन्न गरेको ।
७. नेपालको मौरीपालन व्यवसायमा विशेषगरी कुन–कुन जातिका मौरी प्रचलनमा रहेका छन् ?
 एपी सेरेना र मेला फेरा
८. प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा सन् २०१९ अक्टोबरमा सार्वजनिक तथ्याङ्कअनुसार पर्यटक वृद्धिदरमा एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?
 नेपाल
– सो तथ्याङ्कअनुसार सन् २०१८ मा पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा अगाडि रहेको । पाटाका अनुसार सन् २०१८ मा नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको ।
– त्यस्तै, पर्यटक आगमन वृद्धिदरको सूचीमा दोस्रो स्थानमा टर्की (२१.८ प्रतिशत), तेस्रो स्थानमा भियतनाम (१९.९ प्रतिशत), चौथो स्थानमा निकारागुवा (१७.५ प्रतिशत) तथा पाँचौँ स्थानमा दक्षिण कोरिया (१५.५ प्रतिशत) रहेका ।
– नेपाल लगातार दुई वर्ष (सन् २०१७ र २०१८) पर्यटक आगमनमा करिब २५ प्रतिशतकै वृद्धिदर हासिल गर्न सफल भएको ।
९. संयुक्त अधिराज्य बेलायतको वेल्स ब्रेकनमा आयोजित सैन्य अभ्यास (२०१९) मा स्वर्णपदक प्राप्त गर्ने सैन्य टोली कुन हो ?
 नेपाली सेना
– सन् २०१९ अक्टोबरमा सम्पन्न सो अभ्यासमा विभिन्न देशका ४० वटा सैनिक टोलीको सहभागिता रहेको ।
– युद्धकालीन परिस्थितिको कल्पना गरी शत्रु पक्षका गतिविधिलाई नियन्त्रण गर्न सञ्चालन गरिने यस किसिमको अभ्यास कठिन र जोखिम पूर्ण मानिने ।
१०. जापानमा ठूलो जनधनको क्षति पु¥याउनेगरी ‘हागिविस’ नामक शक्तिशाली आँधी कहिले आयो ?
 सन् २०१९ अक्टोबर १२
– जापानमा वर्षौंपछि आएको अत्यन्तै ठूलो आँधीका कारण राजधानी टोकियोदेखि दक्षिणमा पहिरो जानुका साथै उत्तरी भागमा डरलाग्दो बाढी आएको ।
– आँधीको वेग प्रतिघन्टा २१६ किलोमिटरभन्दा बढी रहेको ।
११. इटालीको संसद्ले तल्लो सदनमा सांसद सङ्ख्या घटाई कति कायम गर्ने पक्षमा मतदान गरेको छ ?
 चार सय (हाल ः सांसद सङ्ख्या ६३० रहेको)
(उक्त सुधार इटालीको सत्तारूढ गठबन्धन सरकारको प्रमुख पार्टी फाइब स्टार मुभमेन्टको घोषणापत्रमा व्यक्त प्रतिबद्धताअनुरूप गरिएको । यस कदमले संसद्लाई चुस्त बनाउने र खर्चमा करोडौँ युरो बचत हुने बताइएको । यो नयाँ कानुनले इटालीको संविधान नै परिवर्तन हुने भएकाले यो सम्भावित जनमतसङ्ग्रहको विषय हुन सक्ने जनाइएको ।)
१२. नेपालको कुन ठाउँमा युद्ध स्मारक पार्क निर्माण गर्न थालिएको छ ?
 कीर्तिपुर
१३. नेपालमा व्यावसायिक रूपमा टर्की चरा पाल्ने कार्यको सुरुवात कुन ठाउँमा गरिएको छ ?
 कास्कीको बाटुलेचौर
१४. पोखरामा पहिलोपटक आयोजित ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधि कसले जित्यो ?
 एपीएफ
(प्रतियोगितामा गुरिल्ला ट्रेल टोली दोस्रो र चिनियाँ टोली तेस्रो स्थान हासिल गर्न सफल भएका ।)
१५. कुन शैक्षिक सत्रदेखि कक्षा आठसम्मका पाठ्यपुस्तक रङ्गीन बनाइने भएको छ ?
 शैक्षिक सत्र २०७७
(चार वर्षअघि कक्षा १–३ र दुई वर्षअघि ४–५ को पाठ्यपुस्तक रङ्गीन बनाइएको ।)
१६. युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसनद्वारा छनोट गरिएको संरक्षण परियोजनामा नेपालको कुन संरक्षण परियोजना उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ ?
 ध्वाँसे चितुवा संरक्षण परियोजना
– नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजनाबाहेक मेक्सिकोको मरुन फ्रन्टेड प्यारोट संरक्षण परियोजना, कोलम्बियाको वन हेरालु संरक्षण परियोजना, इक्वेडरको दस हजार वृक्षरोपण परियोजना र आर्मेनियाको मानव–भालु द्वन्द्व समाधान परियोजना उत्कृष्ट पाँचभित्र परेका ।
– बिरालो वर्गमा पर्ने ध्वाँसे चितुवा अन्य चितुवाभन्दा निकै लजालु हुने । घना जङ्गलमा एक्लै बस्न मन पराउने र रातिमा मात्र बाहिर निस्कने भएकाले यसलाई हत्तपत्ति मानिसले फेलापार्न गाह्रो हुने ।
– यो विश्वव्यापी रूपमा संवेदनशील सूचीमा रहेको ।
– आईयुसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको ।
– सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको ।
१७. नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यास कहिले गरिएको हो ?
 विसं २०७६ कात्तिक ४
– जापानी कम्पनी हाज्मा–आन्दो जीभीले यो सुरुङ मार्ग निर्माण गर्ने भएको ।
– साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको सुरुङ मार्गको निर्माण लागत करिब १५ अर्ब २५ करोड लाग्ने अनुमान गरिएको ।
– सुरुङमार्गको लम्बाई २.६८ किलोमिटर हुने ।
१८. नेपाललाई खुला दिसामुक्त राष्ट्र कहिले घोषणा गरिएको हो ?
 विसं २०७६ असोज १३
१९. नेपाल सरकारले विदेशी मुलुकसँग लगानीका लागि ‘द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)’ को सट्टा कुन ढाँचा लागू गर्न थालेको छ ?
 द्विपक्षीय लगानी सम्झौता (बीआईए)
२०. संयुक्त राज्य अमेरिकाको सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको नेपाल सम्बन्धित कार्यक्रमको कार्यान्वयन सम्झौता कहिले गरिएको हो ?
 विसं २०७६ असोज १२ (सन् २०१९ सेप्टेम्बर २९)
(अमेरिकी सरकारले एमसीसी कार्यक्रमअन्तर्गत नेपाललाई ५० करोड डलर उपलब्ध गराउने । खासगरी विद्युत्को पहुँच बढाउने र यातायात खर्च कम गर्ने किसिमका परियोजनामा यो रकम खर्च गरिने भएको ।)
२१. नेपालकै पहिलो बालविवाहमुक्त घोषित नगरपालिका कुन हो ?
 बुद्धभूमि नपा, कपिलवस्तु (विसं २०७६ भदौ १०)
२२. अंशुबर्माको शासनकालमा भारतका शासक सम्राट हर्षवद्र्धन थिए भने तिब्बतका शासक को थिए ?
 श्रङचङ गम्पो
२३. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरियो ?
 विसं २०७३ मङ्सिर २२, भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा
– धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रपश्चात् त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा २०७६ जेठ १८ मा कलजो प्रत्यारोपण गरिएको साथै यही अस्पतालमा २०७६ साउन ३ मा दोस्रो र कात्तिक १ मा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको ।
– शिक्षण अस्पतालका अनुसार नेपालमा कलेजो प्रत्यारोपण गर्दा २५ लाख रुपियाँसम्म खर्च हुने ।
२४. महिला सशक्तीकरणका लागि मूलभूत विषयलाई सम्बोधन गर्ने निर्णयसँगै ‘बेइजिङ प्लस २५ समीक्षा’ बैठक नेपालमा कहिले सम्पन्न भयो ?
 विसं २०७६ कात्तिक १–२
– बैठकमा महिला र गरिबी, महिलाको मानवअधिकार, महिला शिक्षा र तालिमसहित महिलासम्बन्धी विषयमा १२ वटा निर्णय गरी घोषणापत्र सार्वजनिक गरिएको ।
– चीनको राजधानी बेइजिङमा २५ वर्षअघि चौथो विश्व महिला सम्मेलनको आयोजना गरेर विश्वभरकै महिलाको सशक्तीकरणका लागि स्पष्ट खाकासहित विश्वव्यापी कार्यक्रम सार्वजनिक गरिएको ।
– अहिले नेपालगायत विश्वभर नै ‘बेइजिङ प्लस २५’ शीर्षकमा पुनरावलोकन कार्यक्रम चलिरहेको ।
२५. काठमाडौँ उपत्यकामा विद्युतीय बस सेवाको सुरुवात कहिलेदेखि गरिएको हो ?
 विसं २०७६ भदौ २३
२६. विसं २०७६ भदौ २९ मा मनाइएको बालदिवसको नारा के हो ?
 सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार
२७. सन् २०१९ अक्टोबर १७ मा मनाइएको अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको नारा के हो ?
 गरिबी निवारणका लागि बालबालिका, उनीहरूको परिवार र समुदायको सशक्तीकरणका लागि सहकार्य
– संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि यो दिवस मनाउँदै आइएको ।
– नेपालमा चौधौँ योजना (२०७२÷७३–२०७५÷७६) को अन्त्यसम्ममा आइपुग्दा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशत रहेको । त्यस्तै, बहुआयामिक गरिबी २८.६ प्रतिशत रहेको । साथै, गरिबीको सघनता भौगोलिक क्षेत्र, वर्ग, लिङ्ग र समुदायमा असमान रूपमा रहेको ।
२८. प्रदेश ५ कै पहिलो ट्रमा सेन्टर कहाँ स्थापना गरिएको छ ?
 बुटवल (औपचारिक उद्घाटन ः २०७६ कात्तिक १)
२९. नेपालको कुन ठाउँमा सारस प्रजनन केन्द्र रहेको छ ?
 कपिलवस्तु
३०. बीबीसीद्वारा सार्वजनिक विश्वका सयजना प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूची (सन् २०१९) मा पर्न सफल नेपाली चेली को हुन् ?
 वोनिता शर्मा
(विभिन्न छ विधामध्ये बोनिताले आफ्नो ज्ञान र सोचाइले पोषण सुधारका लागि पु¥याएको योगदान प्रशंसनीय रहेको बीबीसीले जनाएको । सोसल चेन्ज मेकर्स एन्ड इनोभेट्स (सोचाइ) नामक संस्था स्थापना गरी उहाँले पोषण सुधारका कार्यक्रम सञ्चालन गर्नुभएको ।)

प्रस्तुतकर्ता : टङ्क केसी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?