logo
२०८१ बैशाख १२ बुधवार



फूल आयातमा क्वारेन्टाइन परीक्षण

खुला |


फूल आयातमा क्वारेन्टाइन परीक्षण



सीता शर्मा

काठमाडौँ, कात्तिक ६ गते । सरकारले गुणस्तरहीन फूलको आयातमा रोक लगाउने उद्देश्यले फूलमा क्वारेन्टाइन परीक्षण सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कृषि विकास मन्त्रालयअन्र्तगत देशका विभिन्न नाकामा सञ्चालित प्लान्ट क्वारेन्टाइनका १४ वटा कार्यालयले विदेशबाट आयात हुने फूलमा रोक कीरा भए वा नभएको परीक्षणका लागि क्वारेन्टाइन परीक्षण सुरु गरेको हो ।
कृषि विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले विमानस्थल र ती क्वारेन्टाइन कार्यालयलाई अस्वस्थ एवं गुणस्तरहीन फूलको अवैध आयात रोक्न पत्रचार गरेसँगै ती ठाउँमा क्वारेन्टाइन परीक्षण सुरु गरेका छन् ।
केन्द्रका निर्देशक एवं प्रवक्ता रामकृष्ण सुवेदीले तिहार फूलको पर्व मानिने तिहारमा रोक कीरा लागेका फूल तथा माला जथाभावी भित्रिन सक्ने सम्भावना भएकोले स्वस्थताको प्रमाणपत्र नभएका अवैध फूल नेपाल भिœयाउनबाट रोक्नका लागि ती कार्यालयलाई पत्रचार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, तिहारमा नेपालमा मखमली र सयपत्री फूल बढी खपत हुन्छ, सस्तोको लोभमा जथाभावी रोक कीरा लागेका फूलभित्रिने सम्भावना पनि त्यति नै हुन्छ त्यस कारण यो पटक विगतभन्दा अलि चेकजाँचमा कडाइ गरिएको छ । विदेशबाट आउने फूलको प्लान्ट क्वारेन्टाइन परीक्षणलाई कडाइ गर्नुको उद्देश्य स्वदेशी फूलले बजार पाओेस् र अहिले देशले भोगेको व्यापार घाटालाई थोरै भए पनि कम गर्न सकियोस् भन्ने रहेको उहाँले बताउनुभयोे । केन्द्रका अनुसार कुनै पनि कृषि र वनस्पतिजन्य बस्तु एक देशबाट अर्को देशमा आवातजावत गराइँदा स्वस्थता र कुनै खालको हानिकारक रोक वा कीरा नभएको प्रमाणपत्र (फाइटो सेनेटरी सर्टिफिकेट) अनिवार्य हुनुपर्छ । ती कार्यालयले क्वारेन्टाइन परीक्षणका क्रममा सर्टिफिकेटबिनाका फूल नेपाल भित्रिन नदिन यो जाँच गरिएको उहाँको भनाइ छ ।
नेपाल फ्लोलिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजूले सरकारले विदेशबाट भित्रिने फूल तथा मालाको क्वारेन्टाइन परीक्षण गर्ने काम असाध्यै राम्रो भए पनि भारतबाट फूल आइसकेपछि गरेकाले यसको प्रभावकारिता कम हुने देखिएको बताउनुभयो । सरकारले तिहार आउनुभन्दा १२÷१५ दिन अगाडि नै यस प्रकारको परीक्षण सुरु गरेको भए अलिकता प्रभावकारी हुने थियो । अहिले धरै ढिला भो उहाँले थप्नुभयो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा मात्रै नेपालमा विभिन्न मुलुकबाट एक लाख २३ हजार वटा फूलका बिरूवा भित्रिएका छन् । दुई महिनाभित्र नेपाल भित्रिएका ती फूलका बिरुवाको मूल्य ९५ लाख रुपियाँभन्दा बढी भएको विभागले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष कुमार कसजूले तिहारमा मखमली र सयपत्री फूलको माग नेपालमा अत्यधिक हुने गरेको र नेपालको मात्रै उत्पादनले माग धान्न नसक्ने भएकाले यो बेलामा भारतबाट फूल तथा माला आउने गरेको जानकारी दिनुभयो । हरेक वर्ष फूलको कारोबार १० देखि १५ प्रतिशतसम्म बढ्ने गरेको एसोसिएसनले जनाएको छ । यो वर्ष तिहारमा २५ लाख मालाको माग रहेको छ, उहाँले थप्नुभयो । जसमा साढे २२ लाख माला स्वदेशकै उत्पादनले पुग्छ भने बाँकी साढे दुई लाख माला भारतबाट आयात गर्नुपर्छ । तिहार आउनुभन्दा १०÷१२ दिन पहिले नै भारतबाट अवैध रूपमा सयपत्री फूल, माला तरकारी व्यापारीले भिœयाएर विभिन्न ठाउँमा स्टोर गरेको भन्दै एसोसिएसनले सरकारसँग कारबाहीको माग गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?