logo
२०८० चैत्र १६ शुक्रवार



पूर्व सभामुख महरालाई पाँच दिन म्याद थप

खुला |


पूर्व सभामुख महरालाई पाँच दिन म्याद थप
जिल्ला सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडाैंतर्फ लगिदै । तस्विरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३ गते । संसद सचिवालयकी एक महिलामाथि हिंसा भएको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको छ ।
उहाँलाई न्यायाधीश बाबुराम सुवेदीको इजलसले थप पाँच दिन थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका रजिष्टार आनन्द श्रेष्ठले बताउनुभयो ।
यस अघि असोज १९ गते दशै विदा शुरु भए पछि पक्राउ परेका महरालाई अदालत खुले पछि असोज २८ गते अदालतमा पेश गरिएको थियो । अदालतले पक्राउ परेको दिन देखि १३ दिन थुनामा राख्न आदेश दिएको थियो । सो अवधि आइतबार सकिएकाले आइतबार प्रहरीले अनुसन्धान प्रक्रिया पूरा नभएको भन्दै थप थुनामा राख्न माग गर्दै उहाँलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
अदालत पेश गर्नु अघि उहाँलाई जिल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि लगिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?