logo
२०८० चैत्र १६ शुक्रवार



मोटरसाइकलमा हालेर ल्याए, बीच बाटोमा गोली हाने

खुला |


मोटरसाइकलमा हालेर ल्याए, बीच बाटोमा गोली हाने



कृष्ण तिवारी

गरुडा, असोज २६ गते । रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात मानिसको गोलीप्रहार बाट एकजना युवकको घटनास्थलमै मृत्युु भएको छ । ईशनाथ नगरपालिका ६ खाप घिउरा र जयनगरको बीच जानेबाटोमा अपरान्ह करीब ४.०० बजे अज्ञात समूहको गोलीप्रहारबाट एक २२ बर्षीय युवकको मृत्युु भएको हो ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलबाट मात्र दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एउटा मोटरसाईकलमा तीनजना आएका थिए । उक्त अज्ञात समूह र मृतकसँग केहीबेर भनाभन पछि एक्कासि गोली चलेर अपरिचित युवकको मृत्युु भएको प्रत्यक्षदर्शी लाई उधृत गर्दै जिल्ला प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताउनुभयो ।
मृतकको हालसम्म सनाखत हुुन नसक्नुले भारतीय नागरिक हुनसक्ने कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?