logo
२०८० चैत्र १५ बिहीवार



बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु   

अन्तर्राष्ट्रिय |


बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु   



     
बुर्किनाफासो, असोज २६ गते । अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।    
स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएका छन् । बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो ।    
बुर्किनाफासो सरकारले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन ।    
    
सन् २०१५ यता बुर्किनाफासोमा लगातार आतंकवादी आक्रमण भइरहेका छन् । यसक्रममा पाँच सयभन्दा बढी मानिसको मृत्यु हुनुका साथै दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।  पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा शृंखलाबद्ध आतंकवादी आक्रमणहरु भइरहेका छन् । मानिसहरु सुरक्षित स्थलको खोजी गर्दै विस्थापित हुनेक्रम बढेको छ ।    
    
सरकारले आतंकवादी आक्रमण भएका र असुरक्षित ठानिएका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा र कफ्र्यु लगाएको छ ।  

  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?