logo
२०८१ बैशाख १२ बुधवार



छोरा र श्रीमतीको कुटाइबाट बृद्धको मृत्यु

खुला |


छोरा र श्रीमतीको कुटाइबाट बृद्धको मृत्यु


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २१ गते । कान्छो छोरा र श्रीमतीको कृटपिटबाट एक बृद्धको मृत्यु भएको छ । कुटपिटमा संलग्न छोरा र श्रीमतीलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको छ ।
सप्तरीको महदेवा गाउँपालिका १ बजुराही बस्ने ६२ वर्षीय महमद गफुर पमरियाको छोरा र श्रीमतीको कृटपिटबाट आइतबार राती मृत्यु भएको थियो । मृत्यु पछि फरार उनको २० वर्षीय कान्छो छोरो नहिम पमरिया र उनको श्रीमती ५० की जमुनी खातुनलाई मंगलबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
कान्छो छोरा र श्रीमती मिलेर कुटपिट गर्दा घाइते गफुरको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा आइतबारै राती नै मृत्यु भएको थियो । गफुरको मृत्युपछि फरार छोरा र श्रीमतीलाई मंगलबार पक्राउ गरिएको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?