logo
२०८१ बैशाख ८ शनिवार



कोच समुदायको दशैं ‘जात्रा पवनी’ मनाइयो

खुला |


कोच समुदायको दशैं ‘जात्रा पवनी’ मनाइयो


विष्णुप्रसाद पोखरेल
दमक, असोज २१ गते ।झापाका आदिबासी कोच समुदायले पनि भब्य रुपमा दशैं मनाइरहेका छन् । अन्य समुदायसँगै फरक किसिमले आदिबवासी समुदायले पनि दशैं मनाइरहेका छन् । पूर्वी नेपालको झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास रहेका कोच समुदायले ‘जात्रा पावनी’को नामबाट दशैं मनाउँदै आएका छन् ।
राजवंशी, ताजपुरिया, गनगाई, माझीलगायत समुदायले ‘जात्रा पावनी’ भव्य रुपमा मनाउने गर्छन् । धार्मिक मठमन्दिरहरू गएर पूजापाठ गरेर उनिहरू दशंैमा देवीदेवताको भाकल पनि गर्छन् । आदिबासी अगुवा एवं पत्रकार आत्मराम राजवंशीका अनुसार मन्दिरहरूमा बोका, हास, परेवा बलि दिने, नरिवल चढाउने, नयाँ लुगा किन्ने र लगाउने, मिठो मसिनो खाने र हप्तांै दिनसम्म मेला भरेर कोच समुदायले दशंै मनाउदै आएका छन् ।
आदिबासी महिला अगुवा महिला फुलवती राजवंशीका अनुसार धार्मिक सहिष्णुता र पारस्परिक सम्बन्धलाइ प्रगाढ बनाउँदै झापा सहित पूर्वी नेपालका कोचहरुले दशैं मनाउदै आएकाछन् । अन्य समुदायसँग घुलमिल भएर आफ्नै परम्परा र सस्कृति अनुसार कोचहरूले दशै भब्यताका साथ मनाउने गरेको पनि उहाँले बताउनु भयो ।
दशैंको समयमा राजवंशी र ताजपुरिया समुदायका मानिस ढुल्की नाच गरेर हिड्ने गर्दछन । प्रत्येक घरमा गई सामुहिक नाचगान गर्ने पुरानो प्रचलन हो । दक्षिणाको रुपमा दिएको दानलाई एकीकृत गरेर सामाजिक काममा लगाउने प्रचलन रहेको राजवंशी अगुवाहरू बताउँछन् ।
दशंैको अवसरमा लाग्ने मेलामा कोच समुदायका युवायुवती परम्परागत भेषभुषामा सजिएर आउने गर्दछन् । अन्य समयमा बाहिरी सस्कृतिको प्रभाव परे पनि मेला तथा चाडपर्वमा परम्परागत भेषभुसामा नै सजिने गरेको पाइन्छ । आदिबासी अगुवा नित्यानन्द ताजपुरीयाका अनुसार नयाँ पुस्तालाई परम्परागत संस्कार र सस्कृतिको बिषयमा समयसमयमा जानकारी दिइने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?