logo
२०८१ बैशाख १३ बिहीवार



भाइले दाजुको घरमा आगो लगाए

खुला |


भाइले दाजुको घरमा आगो लगाए
सांकेतिक तस्विर


सुरेन्द्र खत्री
रुकुम (पश्चिम), असोज १७ गते । जिल्लाको आठ विसकोट नगरपालिका –९ राडीबजारको एक घरमा आगलागी भएको छ । विहीबार राति राडीबजारको पीपलबोट नजिकै रहेको टरे कामीको घरमा आगलागी भएको हो । आगलागी हुँदा एक तलाको दुई कोठे घरको छाना जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
खरको छानो भएकाले जलेर पूर्ण रुपमा नष्ट भएको हो । घरभित्रका केही अन्नपात र सरसामान पनि जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्यूतराज आचार्यले जानकारी दिनुभयो । घरमा भएका केही सरसामानहरु भने बाहिर निकालिएकाले क्षथि हुनबाट जोगिएको छ । रातको समयमा नेपाल प्रहरी, नगर प्रहरी लगायत स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैबीच आगो लगाउने काममा संलग्न सोही घरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय आठविसकोटका अनुसार सोही घरका २६ वर्षीय प्रेमबहादुर सिर्पालीले आगो लगाएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेका सिर्पालीले घरायसी विवादका कारण परिवारले तनाव दिएकोले आफूले आगो लगाएको स्वीकार गरेको बताइएको छ ।
घरमा आगो लगाए लगत्तै सिर्पालीलाई घटना स्थलबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो । घरका अन्य सदस्यहरु त्यस समयमा घरमा नरहेकाले मानवीय क्षती नभएको प्रहरीको भनाइ छ । आगलागी भएको घर जेठो दाई टरे कामीको नाममा भएको र आगो लगाउने उहाँकै कान्छो भाई रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?