logo
२०८० चैत्र १६ शुक्रवार



बजारमा दशैंको किनमेल गर्नेको भीड

समाज |


बजारमा दशैंको किनमेल गर्नेको भीड


जनार्जन खत्री

सर्लाही, असोज १३ गते । सर्लाहीका प्रमुख व्यापारिक केन्द्रमा दशैंका लागि सरसामान किन्नेको भीड बढेको छ ।

दशैं सुरु भएसँगै जिल्लाको लालबन्दी, हरिपुर, नवलपुर, हरिवन, बयलवास, बरहथवा, मलङ्गवालगायतका बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा उत्तरी ग्रामीण भेगबाट दैनिक ठूलो सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि आइरहेका उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले जानकारी दिनुभयो । बजार खुल्ने दिन भएकाले लालबन्दी बजारमा सोमबार दिनभर किनमेल गर्नेको भीडभाड देखिन्थ्यो ।

बजारमा अहिले कपडा, मरमसाला, चामल, चिउरा, नुन, तेल, खसीबोकालगायतको व्यापार बढेको व्यापारीले बताएका छन् । सोमबारबाट पानी पर्न रोकिएपछि बजारमा चहलपहल अझ बढेको उद्योग वाणिज्य सङ्घ हरिवनका महासचिव रामचन्द्र गौतमले बताउनुभयो । यता व्यापार हुने प्रमुख पर्वमा प्रभावकारी किमिसले बजार अनुगमन नभएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।

औपचारिकता निभाउन केही दिनअघि जिल्ला सदरमुकाम मलङ्गवा र पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारमा बजार अनुगमन गरिएको थियो । नियमित र प्रभावकारी किसिमले बजार अनुगमन नहुँदा उपभोक्ता अखाद्य वस्तु सेवन गर्न र व्यापारीले मनोमानी किसिमले तोकेको मूल्य तिर्न बाध्य भएको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?