logo
२०८० चैत्र १६ शुक्रवार



विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

शिक्षा |


विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण


भक्तपुर, साउन १० गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लव अफ सिन्धुपाल्चोकले ५५ जना विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

किवानिज क्लव अफ सिन्धुपाल्चोकले भक्तपुर चागुनारायण स्थित विनायक सरस्वती आधारभुत विद्यालयका ५५ जना आर्थिकरुपले विपन्न विद्यार्थीलाई स्कुल झोला, कलम कपि लगायतका खेलकुदका सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथी किवानिज इन्टरनेशनल नेपालका उपाध्यक्ष तथा किवानिज क्लव अफ काठमाडौँका अध्यक्ष एकराज पन्तले किवानिज नेपाल बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथी चागुनारायण नगरपालिका वडा १ का अध्यक्ष रमेश खड्काले किवानिज क्लव अफ सिन्धुपाल्चोकको सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

यस्तै विद्यालयका प्रधानाध्यपक गोमा पौडेल कोइरालाले शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर क्लवले आगामी दिनमा यस्ता कार्यक्रमलाई जिल्लाव्यापीरुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

सिन्धुपाल्चोक किवानिज क्लवका अध्यक्ष सुजित बस्नेतले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा किवानिज नेपालका सचिव लक्षमण लम्साल, किवानिज महानगर क्लवका अध्यक्ष कुमार लामा, किवानिज क्लव अफ सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष नारायण राउत, सचिव सुमित्रा बस्नेत, सहसचिव रामचन्द्र थापा, सदस्य किशोरकुमार पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?