logo
२०८१ बैशाख ७ शुक्रवार



अक्कर जीप दुर्घटनाः बेपत्ताहरुको नामावली सार्वजनिक

खुला |


अक्कर जीप दुर्घटनाः बेपत्ताहरुको नामावली सार्वजनिक


ध्यान कुलुङ

सङ्खुवासभा, असोज १ गते । गएराति सङ्खुवासभाको अक्कर भिरमा भएको जीप दुर्घटनामा परी बेपत्ता भएकाहरुको नामावली सार्वजनिक भएको छ ।

दुर्घटनामा परि बेपत्ता भएकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले प्रमाणित गरेको हो ।

दुर्घटनामा पर्नेहरुमा चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ वर्षीय प्रमेश थापामगर र उनको भिनाजु खोटाङका २७ वर्षीय खबरमान पिठाकोटे रहेका छन् ।

त्यस्तै, खाँदबारी ९ कै २४ वर्षीय संगम श्रेष्ठ र उनकी श्रीमती २२ वर्षीया सदीक्षा राई श्रेष्ठ र उनीहरुका दुईमहिनाका बच्चा समिर श्रेष्ठ रहेका छन् ।

निमोनियाको बिरामी बच्चाको उपचार खाँदबारी अस्पतालमा हुन नसकेपछि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

लगातार वर्षाको कारण बेपत्ताहरुको खोजी गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

लामो समयदेखि पानी परेपछि अरुण नदीमा पानीको सतह बढेको थियो ।

प्रहरीका अनुसार सडकबाट सिधै अरुण नदीमा खसेको जीप समेत देखिएको छैन । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिव ४० किलोमिटर टाढा पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?