logo
२०८१ बैशाख १३ बिहीवार



  लमजुङलाई केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प

खुला |


  लमजुङलाई केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प


   
काठमाडौँ, भदौ ३१ गते । लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।    
    
 केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो ।

भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ ।

यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?